तीन दिवसीय दौड़ाहमा आज कोलकाता आउनेछन् गृहमन्त्री अमित शाह
तीन दिवसीय दौड़ाहमा आज कोलकाता आउनेछन् गृहमन्त्री अमित शाह


कोलकाता, 29 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउपूर्व भारतीय जनता पार्टी (भाजपा)-ले आफ्नो राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ। यसै क्रममा केन्द्रिय गृहमन्त्री अमित शाह सोमवार साँझ तीन दिवसीय दौड़ाहमा कोलकाता आइरहेका छन्। विशेष कुरा के छ भने वर्षको अन्तिम दिन आगामी 31 दिसम्बर पनि अमित शाहले बंगालमै बिताउनेछन् जसलाई पार्टी दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण मानिँदैछ।

भारतीय जनता पार्टीद्वारा जारी बयान अनुसार सोमवार साँझ 7:30 बजी कोलकाता एयरपोर्टमा उत्रेपछि अमित शाह सोझै सल्ट लेकस्थित पार्टी मुख्यालमा जानेछन् जहाँ उनले विधानसभा चुनाउको तयारीलाई लिएर संगठनको स्थितिको समीक्षा गर्नेछन्। पार्टीका वरिष्ठ नेता एवं संगठनसित जोड़िएका पदाधिकारीहरूसित बैठक गरी धरातलीय स्थिति, कार्यकर्ताहरूको सक्रियता एवं चुनावी रणनीतिमाथि चर्चा हुनेछ।

यस भ्रमणावधि अमित शाहले केही महत्वपूर्ण बैठकहरू गर्नेछन्। उनले पार्टी कार्यकर्ताहरूसित अलग-अलग स्तरमा सम्वाद गर्नेछन् अनि चुनावी तयारीहरूको जाँच गर्नेछन्। यसको साथै राष्ट्रिय स्वयंसेवक संघका पदाधिकारीहरूसित पनि बैठक प्रस्तावित छ। मानिँदैछ, यस बैठकमेा बंगालको राजनीतिक परिस्थिति औ चुनावी समन्वयमाथि चर्चा हुनसक्छ।

अमित शाहले भारतीय जनता पार्टीका विधायकगण, सांसदगण औ कोलकाता नगरनिगमका पार्षहरूसित पनि अल्गै बैठक गर्नेछन्। यी बैठकहरूमा शहरी क्षेत्रको राजनीतिक स्थिति र संगठनको सुदृढ़ीकरणमाथि विशेष फोकस रहनेछ।

30 दिसम्बरको दिन अमित शाहले कोलकातामा प्रेस कन्फ्रेन्स पनि गर्न सक्नेछन् जसमा उनले राज्यको राजनीति, आगामी विधानसभा चुनाउ तथा केन्द्र सरकारका नीतिहरूलाई लिएर पार्टीको नीति स्पष्ट पार्न सक्नेछन्। यसरी नै 31 दिसम्बरमा उनी कुनै बंगाली महापुरुष वा सांस्कृतिक प्रतीकसित जोड़िएको स्थान वा आवासमा जाने सम्भावना छ। तथापि यस कार्यक्रमलाई लिेर अहिलेसम्म अन्तिम निर्णय लिइएको छैन।

समग्रमा भन्न पर्दा विधानसभा चुनाउपूर्व अमित शाहको यो दौड़ाह भाजपाको लागि अत्यन्त महत्वपूर्ण मानिँदैछ। सालको अन्तिम दिनमा बंगालमा लगातार बैठक एवं समीक्षाहरूको माध्यमबाट अमित शाह बंगाल फतेहको निम्ति संगठनलाई सुदृढ़ पार्नमा कुनै कसरत बाँकी राख्न चाहँदैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande