मंंगलवार मुख्यमन्त्री ममता ब्यानर्जी अनि 25 जनवरीमा अभिषेक ब्यानर्जी आसनसोल भ्रमणमा जाने
मंंगलवार मुख्यमन्त्री ममता ब्यानर्जी अनि 25 जनवरीमा अभिषेक ब्यानर्जी आसनसोल भ्रमणमा जाने


आसनसोल, 29 दिसम्बर (हि. स.)। मुख्यमन्त्री एवं तृणमूल सुप्रीमो ममता ब्यानर्जी सोमवार अपरान्ह दुर्गापुर आइरहेकी छन्। जिल्ला प्रशासन र तृणमूल कंग्रेसको सूत्र मुताविक दुर्गापुर पुगेपछि मुख्यमन्त्रीले राज्य सरकारको श्रीदन्ना सर्किट हाउसमा रात्रि विश्राम गर्नेछन्। मंगलवार बिहान मुख्यमन्त्री ममता ब्यानर्जी सरकारी कार्यक्रममा भाग लिनको लागि दुर्गापुर सर्किट हाउसदेखि सड़क मार्ग भएर बाँकुड़ातर्फ प्रस्थान हुनेछन्। मुख्यमन्त्रीको यस भ्रमणलाई लिएर दुर्गापुरको श्रीदन्ना सर्किट हाउसलाई लगभग सुरक्षाको परिधिभित्र राखिएको छ।

सोमवार अपरान्ह जिल्ला प्रशासन र आसनसोल दुर्गापुर पुलिस कमिश्नरेटले सुरक्षा व्यवस्था एवं तयारीहरूको जायजा लियो। यस अतिरिक्त अलग-अलग विभागहरूलाई अलर्ट बस्ने निर्देश दिइएको छ। मुख्यमन्त्रीको दौड़ाह हुने आशाले दुर्गापुर शहरभरि नै प्रशासनिक गतिविधि एवं आम मानिसहरूमा उत्साह बढ़िरहेको छ।

अर्कोतिर तृणमूल कंग्रेसका महासचिव एवं सांसद अभिषेक ब्यानर्जी आगामी 25 जनवरीमा आसनसोलको भ्रमणमा जानेछन्। स्मरण गराइन्छ, अभिषेकले राज्यका विभिन्न जिल्लाहरूको व्यापक भ्रमण गरिरहेका छन्। उनको यस ‘यात्रापथ’- को कार्यक्रम जारी गरिएको छ जसमा उत्तर बंगालदेखि लिएर दक्षिण बंगालसम्मकै सबै प्रमुख क्षेत्रहरूलाई कभर गरिएको छ। आगामी 2026 सालको विधानसभा चुनाउपूर्व अभिषेकको यस यात्राको मुख्य उद्देश्य आगामी संगठनात्मक कार्य एवं जनसम्पर्कलाई थप मजबुत बनाउनु रहेको मानिँदैछ। आगामी 2 जनवरीमा दक्षिण परगनादेखि उनको दौड़ाह शुरू भएर 27 जनवरीमा हावड़ा सदनमा पुगेर समापन हुनेछ। 25 जनवरीमा उनी पश्चिम एवं पूर्व वर्द्धमान जिल्लामा आउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande