
दार्जीलिङ, 29 दिसम्बर (हि. स.)। दार्जीलिङबाट भारतीय जनता पार्टी (भाजपा)- का सांसद राजू बिष्टले केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई पत्र लेखी सिलगढ़ीको बालासन–सेवक एलिवेटेड हाइवे कोरिडोर (फ्लाइओवर) मुनि खाली ठाउँलाई व्यवस्थित पार्किंग सुविधाको रूपमा विकसित गर्ने आग्रह गरेका छन्।
प्रेस विज्ञप्तिमा सोमवार भाजपा सांसदले भने, यो फ्लाइओभर केन्द्र सरकारद्वारा वित्तपोषित एक प्रमुख परियोजना हो जुन अब लगभग पूर्ण हुनै लागेको छ। उनले बल दिँदै भने, फ्लाइओभर मुनि उपलब्ध खाली स्थानको सही उपयोग सिलगढ़ीमा बढ़्दो पार्किंग समस्याको केही हदसम्म समाधान गर्नसक्छ।
सिलगढ़ीमा द्रूत गतिमा बढ़्दो शहरीकरणको उल्लेख गर्दै बिष्टले भने, शहरमा पार्किंग स्थलहरूको ठूलो अभाव छ जसले गर्दा यातायात जामको समस्या लगातार बढ़िरहेको छ। उनले गुवाहाटीको उदाहरण दिँदै भने, त्यहाँ फ्लाइओभर मुनिको स्थानलाई संगठित पार्किंगमा परिणत गरिएको छ जसबाट यातायात दबाव मात्र कम नभएर स्थानीय निकायहरूलाई पनि राजस्व प्राप्त भइरहेको छ।
राजू बिष्टले सुझाउ दिए, सिलगढ़ी तथा वरपरका क्षेत्रहरूमा पनि यस्तै प्रकारको व्यवस्था लागू गर्न सकिन्छ। यसबाट सिलगढ़ी नगरनिगमलाई अतिरिक्त आय श्रोत प्राप्त हुनेछ अनि शहरको पार्किंग समस्याको समादान पनि हुनेछ।
उनले आशा व्यक्त गरे, सिलगढ़ी नगरनिगम तथा मेयरले बर्दवान रोड फ्लाइओभर मुनिको स्थानलाई पनि यसरी नै उपयोग गर्नेमाथि विचार गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा