
कटिहार, 29 दिसम्बर (हि.स.)। जिल्लाको कोढ़ा थाना पुलिसले दश हजार रुपियाँ इनामी अभियुक्त गुड्डु यादव र उसको सहयोगी अभय कुमारलाई पक्राउ गरेको छ। गुड्डु यादवमाथि 22 अक्टोबर 2020 मा जुराबगंजको बैंकबाट पैसा लिएर आउनेहरूसित लुटपाट गरेको आरोप छ।
पुलिस अधीक्षकको निर्देशनुसार अनुमण्डल पुलिस पदाधिकारी, कटिहार-02 को नेतृत्वमा एक विशेष छापामारी टोली गठन गरिएको थियो। टोलीले 28 दिसम्बरको रात जुराबगंज गाउँमा छापा मारेर गुड्डु यादव र उसको सहयोगी अभय कुमारलाई विधिवत पक्राउ गऱ्यो।
यस मुद्दामा तीन जना अभियुक्तलाई पहिले नै न्यायिक हिरासतमा पठाइएको छ। गुड्डु यादवको पहिलेको आपराधिक इतिहास रहेको छ। पुलिसले गुड्डु यादव कोढ़ा गिरोहको सक्रिय सदस्य भएको र उ विरुद्ध धेरै मुद्दा दर्ता भएको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी