हाम्रो गाउँ हाम्रो समाधान र अमृत जल परियोजना विषयमा भागोप्रमोको‌ सभा सम्पन्न
bgpm


खरसाङ, 29 दिसम्बर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 5 मा टाउन कमिटी कार्यकारिणी सदस्य साथै वार्ड सभापति लक्ष्मण गुरूङको पहल अनि भिम छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भयो। सभाको विषय हाम्रो गाउँ, हाम्रो समाधानको काम अनि अमृत 2.0 को पानी निरीक्षण समिति गठन गर्नु थियो।

सभालाई सम्बोधन गर्दै टाउन कमिटी मूल सचिव बिरबल पाख्रीनले भने, वर्तमान समयमा विपक्षी पार्टीका नेतृत्वहरूले अनित थापाले गरेको जस्तो असल कार्य गर्नु नसकेर मानिसहरूको मनमा उनीप्रति घृणा उत्पन्न गर्ने प्रयत्न गरिरहेका छन्। सत्यमेव जयते भने झैं अनित थापाको कर्म असल भ‌एको कारण दोषारोपण गर्नुबाहेक विपक्षीहरूको अरू केही उपलब्धि छैन।

सभालाई महकुमा नारी शक्ति सभापति साथै खरसाङ नगरपालिका क्षेत्र आगामी 2026 को विधानसभाको चुनाउ प्रभारी सबिता कार्कीले शिक्षित जमात र नारीहरू अब गाउँ समाजको निम्ति राजनीतिमा अघि आउन आह्वान गरिन्। टाउन कमिटीका सभापति राजु शर्माले एसआईआरको गहन महत्व अनि विषयमा गहन विश्लेषण गरेका थिए। उनले उपस्थित सम्पूर्ण सदस्यगणलाई आ आफ्नो कागज पत्र ठीक राख्ने सुझाउ दिए।

उनले अमृत 2.0 पानी निरीक्षण समिति गठन भ‌ए पश्चात वार्डको प्रत्येक घरले पानी पायो या पाएन हेर्न समितिलाई सुझाउ दिए। हाम्रो गाउँ, हाम्रो समाधान विषयमा बिक्रम सुनारले उपस्थित सबैलाई जानकारी गराए। लक्ष्मण गुरूङले गाउँ पस्ने बाटोको अवस्था ठीक नभ‌एकाले सम्बन्धित विभागलाई चॉंडोभन्दा चॉंडो मरम्मति गरिदिन आग्रह गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande