खरसाङमा‌ मास्टर मित्रसेन थापाको 130 औं जन्म जयन्ती समारोह सम्पन्न
Mitra sen thapa


खरसाङ, 29 दिसम्बर (हि.स.)। मंगर संघ भारत, खरसाङ शहर समितिको तत्वावधानमा आज खरसाङमा 130 औँ मास्टर मित्रसेन थापा जन्म जयन्ती समारोह सम्पन्न गरियो। खरसाङ शहर समितिका पूर्व सभापति राजेन थापाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा मंगर संघ भारतका भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य पदमसिंह थापा प्रमुख अतिथि थिए‌।

कार्यक्रममा मंगर संस्कारविद् तथा प्रधान पुजारी बीबी थापाको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरुका‌ बाहुलीबाट मास्टर मित्रसेन थापाको तस्वीरमा धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरियो।

वक्ताहरूले मास्टर मित्रसेन थापाले मंगर समाजको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक उत्थानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको विचार र शिक्षालाई भावी पुस्तासम्म पुर्‍याउनु अत्यावश्यक रहेको धारणा व्यक्त गरे। मास्टर मित्रसेन थापा गोर्खाहरु र मगर जातिको लागि गौरव पुरुष र धरोहर रहेको पनि बताइयो।

कार्यक्रममा मास्टर मित्रसेन थापाको जीवनी र योगदान विषयमा प्रमुख अतिथिका रुपमा उपस्थित पदमसिंह थापाले विस्तृत चर्चा गरेका थिए।‌ कार्यक्रममा खरसाङका पूर्व सचिव सीबी आलेले मास्टर मित्रसेन थापाका कविताहरु पठन गरेका थिए।‌ मास्टर मित्रसेन थापाको जन्म 29 दिसम्बर, 1895 सालमा भएको थियो भने उनको मृत्यु 9 अप्रेल 1946 सालमा भएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande