तीन कुख्यात लुटेरा पक्राउ, लूटेका 34 मोबाइल फोन जफत
तीन कुख्यात लुटेरा पक्राउ, लूटेका 34 मोबाइल फोन जफत


नोएडा, 29 दिसम्बर (हि.स.)। नोएडाको थाना फेस-1 पुलिसले गए राति तीन कुख्यात लुटेराहरूलाई पक्राउ गरेको छ।

पुलिसले विभिन्न स्थानबाट चोरी भएका 34 वटा मोबाइल फोन, एउटा चोरीको मोटरसाइकल र एउटा अवैध चक्कु जफत गरेको छ। यी अपराधीहरूले एनसीआरमा सयभन्दा बढ़ी डकैती गरेको स्वीकार गरेका छन्।

जोन 1 का पुलिस उपायुक्त यमुना प्रसादले आज बताए, सूचनाको आधारमा चौकी प्रभारी झुण्डपुरा पवन कुमार र उनको टोलीले हिजो राति ध्रुव, रवि र सागर नामका तीन लुटेरालाई पक्राउ गरेको छ। पुलिसले एनसीआरका विभिन्न स्थानबाट चोरी भएका 34 वटा मोबाइल फोन, डकैतीमा प्रयोग गरिएको चोरीको मोटरसाइकल र एउटा अवैध चक्कु जफत गरेको छ।

उनले थपे, सोधपुछको क्रममा पक्रा परेका अपराधीहरूले दर्जनौं डकैती र चोरी गरेको स्वीकार गरेका छन्। उनले भने, पुलिसले चोरी भएका मोबाइल फोन र अन्य समानहरू कसलाई बेचेको पत्ता लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande