बीएलए-2 लाई सुनवाईमा सामेल गर्ने मागमा चुचुड़ा- मगरा ब्लकमा सुनवाई बाधित, विधायक असित मजुमदारले रोकाए काम
बीएलए-2 लाई सुनवाईमा सामेल गर्ने मागमा चुचुड़ा- मगरा ब्लकमा सुनवाई बाधित, विधायक असित मजुमदारले रोकाए काम


हुगली, 29 दिसम्बर (हि. स.)। चुचुड़ा-मगरा ब्लक कार्यालयमासोमवारबिहानमतदाता सूचीकोविशेष गहन पुनरीक्षण (एसआईआर)-सित सम्बन्धित सुनवाई त्यसबेला बाधित भयो जतिबेला चुचुड़ाका विधायक असित मजुमदारले बीएलए-2 (बूथ लेभल एजेन्ट-2)-लाई सुनवाईमा सामेल नगरिएकोमा विरोध गर्दै सुनवाई प्रक्रियालाई रोकिदिए। बिहान लगभग11:30 बजे शुरूभएको विरोध लगभग एकघण्टासम्म चल्यो जसकारण सम्पूर्ण सुनवाई स्थगित रह्यो।

यस अवधि ब्लक विकास अधिकारी (बीडीओ) कार्यालयबाहिर लामो ताँत लाग्यो। सुनवाईका निम्ति आएका मानिसहरूलाई ठूलो समस्याको सामना गर्नु पऱ्यो भने बीडीओ कार्यालय परिसरको माहोल पनि तनाउपूर्ण भयो। स्थितिलाई सम्हाल्नको लागि मगरा थानाको पुलिसलाई घटनास्थलमा बोलाइयो।

सूत्रअनुसारजिल्लाधिकारीकोहस्तक्षेपपश्चात लगभग एक घण्टापछि सुनवाई पुनः शुरू भयो। तथापि चुचुड़ा सदरका महकुमा अधिकारी (एसडीओ)-सित सम्पर्क गर्दा उनले यस मामिलामा केही भन्नदेखि अस्वीकार गरे।

विधायक असित मजुमदारले भने, हामी यस प्रकारको सुनवाई प्रक्रियाको विरोधमा छौं। जसलाई चाह्यो उसैलाई सुनवाईको लागि बोलाइँदैछ। मैले देखें, केही बुजुर्ग मानिसहरू एम्बुलेन्समा समेत यहाँ आएका थिए। यसको के अर्थ के हो? सरकारी कर्मचारी रहिसकेका, वर्षौंदेखि पेन्शन पाइरहेका मानिसहरूलाई समेत सुनवाईको लागि बोलाइँदैछ। चाहे उनीहरीसित पासपोर्ट होस् वा 2002 सालको एसआईआर सूचीमा नाम, तथापि उनीहरूलाई नोटिस पठाइँदैछ। यो समस्याको अन्त कहाँ छ, कसैलाई थाहा छैन।

विधायकले यो पनि भने, यदि प्रक्रिामा पारदर्शिता ल्याउनु हो भने बीएलए-2 लाई सुनवाईमा उपस्थित रहने अधिकार दिइयोस्। उनले प्रश्न उठाए, फारम वितरण सहित अन्य कार्यहरूमा बीएलए-2 को उपस्थिति स्वीकार्य थियो भने अब सुनवाईमा उनीहरूलाई बाहिर किन राखिँदैछ? साथै उनले माग गरे, यदि बीएलए-2 लाई सुनवाईमा सामेल गरिँदैन भने यसको लिखित आदेश दिइयोस्।

असित मजुमदारले आरोप लगाए, बीएलए-2 लाई हटाएर मनमानी ढंगमा मतदाताहरूकको नाम काट्नसक्छ जुन कुनै पनि स्थितिमा स्वीकार्य छैन। उनले स्पष्ट भने, एकजना पनि योग्य मतदाताको नाम मतदाता सूचीबाट हटाइनु हुँदैन।

घटनाकोसूचनापाउनसाथ प्रशासनिक स्तरमा खैलाबैला शुरू भयो आपसी बातचितपछि स्थिति सामान्य भयो। लगभग एक घण्टापछि सुनवाई प्रक्रिया पुनः शुरू गरियो।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande