
जलपाईगुड़ी, 29 दिसम्बर (हि. स.)। राज्यभरि नै विशेष गहन पुनरीक्षण (एसआइआर)-सित सम्बन्धित सुनवाई प्रक्रिया शुरू भएको छ। यसै क्रममा सोमवार बिहानदेखि नै राजगञ्जको बीडीओ कार्यालय परिसरमा व्यापक भीड़ तथा लामो लस्कर देख्न पाइयो। विभिन्न ग्राम पञ्चाय क्षेत्रहरूबाट ठूलो संख्यामा मानिसहरू आफ्नो, दस्तावेज तथा सुधारसित सम्बन्धित मामिलाहरूको सुनवाईको लागि बीडीओ कार्यालयमा आइपुगे।
सूत्र अनुसार एसआईआर सूचीमा त्रुटि, मतदाता सूचीबाट नाम हटाउने, ठेगाना संशोधन, पारिवारिक विवरणमा गल्ती सहित केही मुद्दाहरूलाई लिएर मानिसहरू आवेदन गर्न पुगे जसकारणले भीड़ बढ़्यो। केही मतदाताहरू आफ्नो पूर्ण दस्तावेजको साथमा सुनवाई केन्द्रमा पुगे। तर धेरैजना मानिसहरूसित आवश्यक दस्तावेज नभएको कारणले चिन्तापूर्ण परिवेश उत्पन्न भयो।
यस सम्बन्धमा जोइन्ट बीडीओ सौरभ कान्ती मण्डलले बताए राजगञ्ज विधानसभा क्षेत्रमा 5 हजार 404 तथा फूलबाड़ी विधानसभा क्षेत्रमा 32 हजार 659 मतदाता यस सुनवाई प्रक्रिया अन्तर्गत परेका छन्। दस्तावेजहरूको सम्बन्धमा उनले भने, चुनाउ आयोग भारतद्वारा निर्धारित 13 प्रकारका दस्तावेजहरूको दिशा-निर्देश अनुसारै प्रक्रिया चलाइरहेको छ। मतदाताहरूको सुविधालाई ध्यानमा राखेर हेल्पडेस्कको व्यवस्था पनि गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा