सिलगढ़ीः घर-घरमै क्यूआर कोड लगाइने, मैला-कुचैला संग्रहण व्यवस्थामाथि कड़ा निगरानी राखिने
सिलगढ़ीः घर-घरमै क्यूआर कोड लगाइने, मैला-कुचैला संग्रहण व्यवस्थामाथि कड़ा निगरानी राखिने


सिलगढ़ी, 29 दिसम्बर (हि. स.)। शहरलाई स्वच्छ औ आधुनिक बनाउने दिशामा सिलगढ़ी नगरनिगमले एउटा ठूलो कदम उठाएको छ। अब नगरनिगम क्षेत्रको प्रत्येक घरमा लोकेशन आधारित क्यूआर कोड लगाइनेछ जसबाट घर-घर मैला-कुचैला संग्रहण व्यवस्थामाथि डिजीटल निगरानी सम्भव हुनेछ।

यस नयाँ व्यवस्था अन्तर्गत सोझो रूपमा यो देख्न सकिन्छ कि प्रतिदिन हरेक घरबाट मैला समयमा तथा सही ढंगमा उठाउँछ कि उठाउँदैन।यस सम्पूर्ण प्रक्रियामाथि सिलगढ़ी नगरनिगम तथा सोलिड वेस्ट म्यानेजमेन्टको जिम्मेवारी निभाइरहेको संस्था सूडाले नजर राख्नेछ।

हाल नगरनिगमका विभिन्न वार्डहरूमा “निर्मल बन्धु”-सँगसँगै 124 जना महिला कर्मीहरूले ‘निर्मल साथी’- को रूपमा फोहोर प्रबन्धनको कार्य गरिरहेका छन्। यी महिलाहरूले नियमित रूपमा घर-घरमा गएर मानिसहरूलाई सुक्खा र गिलो मैला अलग-अलग राख्नको लागि जागरूक गराइरहेका छन्। यसको सकारात्मक प्रभाव कतिपय क्षेत्रहरूमा देख्न पाइएको छ।

अब यस व्यवस्थालाई अझ अधिक पारदर्शी र प्रभावकारी बनाउनको लागि प्रत्येक घरमा क्यूआर कोड लगाइनेछ। अब फोहोर संग्रहण अवधि निर्मल साथी वा निर्मल बन्धुले त्यस क्यूआर कोडलाई स्क्यान गऱ्यो भने कुन घरबाट कुन सम मैला उठाइरहेको छ भन्ने कुरा आफै-आफ दर्ता हुनेछ। यसबाट सम्पूर्ण सिस्टमको रियल-टाइम मनिटरिंग सम्भव हुनेछ।

स्मरण गराइन्छ, बसिरहाटमा लगभग एक वर्षपूर्ण यो व्यवस्था लागू गरिएको थियो जहाँबाट राम्रो परिणाम आएको छ। त्यै अनुभवको आधारमा सिलगढ़ीमा यस योजनालाई लागू गर्ने निर्णय लिइएको छ।

नगरनिगमको फोहोर प्रबन्धन विभागका एमएमआईसी सदस्य मानिक देको विशेष निगरानीमा यो योजनालाई अगाड़ि बढ़ाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande