मन्त्री सूदले विकासपुरीमा स्वच्छता व्यवस्थाको निरीक्षण गरे
मन्त्री सूदले विकासपुरीमा स्वच्छता व्यवस्थाको निरीक्षण गरे


नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। दिल्लीका शहरी विकास मन्त्री आशिष सूदले सोमवार विकासपुरी विधानसभा क्षेत्रको वार्ड संख्या–107 मा डीएभी पब्लिक स्कूल सामु औ पीएम सोसाइटी निकट स्वच्छता व्यवस्थाहरूको निरीक्षण गरे। यस अवधि मन्त्रीले एफसीटीएस सहित क्षेत्रका अन्य स्वच्छता व्यवस्थाहरूको स्थितिको समीक्षा गरे तथा सम्बन्धित अधिकारीहरूलाई आवश्यक दिशानिर्देश पनि दिए।

निरीक्षण पश्चात शहरी विकास मन्त्रीले भने, उनले नगरनिगमका उपयुक्तलाई निर्देश दिएका छन् कि दुवै स्थानको मैला-कुचैलालाई तह लगाइयोस्। उनले यो पनि निर्देश दिए, डीएभी पब्लिक स्कूल एवं पीएम सोसाइटी अगाड़ि थुप्रिएको मैलाको थुप्रोलाई अन्यत्र लगेर तह लगाउको लागि स्टडी गरी सम्भावित स्थान खोजियोस्। उनले बताए, दिल्ली सरकारद्वारा एमसीडीलाई वित्तीय रूपमा सुदृढ़ बनाउनको लागि 175 कड़ोर रुपियाँको अनुदान दिसकिएको छ। यस अतिरिक्त एमसीडीलाई 500 कड़ोर रुपियाँ अतिरिक्त सहायता प्रदान गर्ने सम्बन्धि प्रस्ताव दिल्ली सरकारको क्याबिनेटमा विचाराधिन छ।

सूदले भने, दिल्लीमा धुलो प्रदूषणलाई नियन्त्रण गर्न तथा सड़कहरूको वैज्ञानिक पद्धतिले सफाई गर्नको लागि दिल्लीको प्रत्येक विधानसभा क्षेत्रलाई एउटा-एउटा म्याकेनिकल स्वीपिंग मशिन उपलब्ध गराइँदैछ। यसबाट सफाई कार्य मात्र तीव्र हुनेछैन जबकि कम मानव संसाधनमा अधिक प्रभावकारी परिणाम प्राप्त गर्न सकिन्छ। रहल मानव संसाधनको उपयोग अन्य आवश्यक सेवाहरूमा गर्न सकिन्छ।

सूदले भने, मुख्यमन्त्रीको नेतृत्वमा हाम्रो सरकारले स्वच्छतालाई एउटा अभियान मात्र नभएर नागरिक सुविधा अनि जनस्वास्थ्यसित जोड़िएको सर्वोच्च प्राथमिकता मान्दछ। दिल्लीको प्रत्येक क्षेत्रमा स्वच्छता सेवाहरूको गुणस्तर, पारदर्शिता एवं समयबद्ध क्रियान्वयन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande