केन्द्र सरकारको नीति विरूद्ध तृणमूलको एससी-ओबीसीको विरोध ऱ्याली
केन्द्र सरकारको नीति विरूद्ध तृणमूलको एससी-ओबीसीको विरोध ऱ्याली


जलपाईगुड़ी, 29 दिसम्बर (हि. स.)। केन्द्र सरकारको दमनकारी नीति औ विशेष गहन पुनरीक्षण (एसआईआर)- को विरोधमा तृणमूल कंग्रेसको एससी–ओबीसी मोर्चाद्वारा विरोध ऱ्याली एवं सभा आयोजना गरियो। यो ऱ्याली सोमवार जलपाईगुड़ी जिल्ला तृणमूल कंग्रेसको एससी-ओबीसी सेलका जिल्लाध्यक्ष कृष्ण दासको नेतृत्वमा निकालियो।

यो विरोध ऱ्याली राजगञ्ज विधानसभा क्षेत्रको पाटकाटास्थित कालियागञ्जबाट शुरू भएर डेंगुआझाड़ चिया बगानमा पुगेर समापन भयो। यस ऱ्यालीमा हजारौं संख्यामा पार्टी कार्यकर्ता एवं समर्थकहरू सामेल भए। ऱ्यालीको समापन पश्चात तारघेरा मैदानमा एक जनसभा आयोजना गरियो। सभामा एससी-ओबीसी सेलका प्रदेश अध्यक्ष डा. तापस मण्डल, जिल्लाध्यक्ष कृष्ण दास सहित केही नेताहरूले भाजपा सरकारकोक नीतिविरूद्ध सशक्त भाषण दिए।

यस अवसरमा तृणमूल कंग्रेसकी जिल्लाध्यक्ष महुआ गोप, जलपाईगुड़ी जिल्ला परिषदकी शिक्षा कर्माध्यक्ष प्रणयिता दास, सदर-दुई ब्लक अध्यक्ष अर्जुन दास सहित अन्य नेता एवं कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande