
कोलकाता, 29 दिसम्बर (हि.स.)। वर्षका अन्तिम दिनहरूमा जाड़ोले आफ्नो पूर्ण शक्ति देखाउन शुरू गरेको छ। उत्तरबाट चलिरहेको चिसो हावाले बिहान-बेलुकी कम्पन छुटाउँछ। मानिसहरू नयाँ वर्षको उत्सवको तयारीमा जुटेका बेला मौसम सम्बन्धित महत्वपूर्ण संकेत प्राप्त भएको छ। अलिपुर मौसम विभागद्वारा सोमवार जारी बयान मुताविक हाल राज्यमा जाड़ोको प्रभाव कायम रहनेछ, तर नयाँ वर्षको शुरूआतसितै मौसमको स्वरूपमा सामान्य बद्लाउ आउनसक्छ।
कोलकाताको तापमानमा लगातार उतार-चढ़ाउ जारी छ। लगातार दुई दिनसम्म तापमान 12 डिग्री सेल्सियस लगभग रहेपछि शहरको न्यूनतम तापमान 13 डिग्री सेल्सियस लगभग पुगेको छ। मौसम विभागको आँकड़ा अनुसार आइतवार कोलकाताको अधिकतम तापमान 21.4 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा लगभग चार डिग्री कम हो। न्यूनतम तापमान 13.5 डिग्री सेल्सियस रह्यो। सोमवार पनि शहरको न्यूनतम तापमान 13.5 डिग्री सेल्सियस लगभग रहनेछ।
मौसम विभागको भनाइ छ, मंगलवारसम्म जाड़ोको प्रभाव यस्तै रहनेछ। तथापि बुधवारदेखि तापमान विस्तारै बढ़्नसक्छ। वर्षको अन्त वा नयाँ वर्षको शुरूआतमा तामना दुई-तीन डिग्रीसम्म बढ़्ने सम्भावना व्यक्त गरिएको छ। बिहान हल्कादेखि मध्यम कुहिरो लाग्नसक्छ तर दिन बढ़्दै गएपछि आकाश सफा हुनेछ। समग्रमा कोलकाताको मौसम शुष्क रहने अनुमान छ।अहिलेघरि पानी पर्ने कुनै सम्भावना छैन।
दक्षिण बंगालका जिल्लाहरूमा पनि जाड़ोको प्रभाव कायम रहनेछ। बाँकुड़ा, पुरुलिया र बीरभूम जस्ता पश्चिमी जिल्लाहरूको न्यूनतम तापमान 9-देखि 12 डिग्री सेल्सियसबीच दर्ता गरिँदैछ। यता तटीय क्षेत्रहरूमा तापमान 13-देखि 16 डिग्री सेल्सियसबीच रहने सम्भावना छ। मौसम विभाग अनुसार पश्चिमी विक्षोभको प्रभावले आगामी 31 दिसम्बरपछि तापमान बिस्तारै बढ़्नेछ।
उत्तर बंगालका जिल्लाहरूमा चिसोसितै घना कुहिरोले समस्या बढ़ाइरहेको छ। मौसम विभागले आगामी 31 दिसम्बरसम्म दार्जीलिङ, कुचबिहार तथा उत्तर दिनाजपुरमा कुहिरोलाई लिएर चेताउनी जारी गरेको छ। कतिपय क्षेत्रहरूमा दृश्यता 50 मीटरभन्दा कम हुनसक्छ जसबाट सड़क परिवहन प्रभावित हुने आशंका छ। कालेबुङ, जलपाईगुड़ी, अलिपुर, दक्षिण दिनाजपुर र मालदामा पनि कतै-कतै घना कुहिरो लाग्ने सम्भावना व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा