सिक्किम सांस्कृतिक समन्वयको उल्लेखनीय उदाहरण: राज्यपाल
om prakash mathur


गान्तोक, 29 दिसम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राज्यवासीहरू, विशेषगरि गुरुङ समुदायलाई तमु लोछारको हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, तमु लोछारको पावन अवसरमा राज्यवासीहरू, विशेषगरि गुरुङ समुदायलाई हार्दिक शुभकामना। यो पर्व गुरुङ समुदायको उत्सव हो, जसले हामीलाई आफ्नो परम्पराहरूसॅंग जोड्दछ र हाम्रो समृद्ध विरासतलाई नयॉं पुस्तासम्म पुऱ्याउॅंछ।

राज्यपालले भने, सिक्किम भारतको एक सांस्कृतिक रूपमा समृद्ध राज्य हो, जहॉं विभिन्न समुदाय सौहार्द र भाइचाराका साथ बस्छन्। भारतको शक्ति उसको विविधतामा निहित छ र सिक्किमले यस सांस्कृतिक समन्वयको उल्लेखनीय उदाहरण प्रस्तुत गर्छ।

राज्यपालले सिक्किमवासीहरूलाई भाईचारा र सहयोगलाई अझ बलियो बनाउन तथा आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित एवं संवर्धित गर्न आह्वान गरेका छन्। उनले राज्यवासीहरूको सुख, समृद्धि र शान्तिको कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande