कन्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल 2025 जारी
कन्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल 2025 जारी


गेजिङ, 29 दिसम्बर (हि.स.)। गेजिङ जिल्लाको पेलिङ खेल मैदानमा जारी कन्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल 2025 को पॉंचौं दिन आज ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडा मुख्य अतिथिका रूपमा सहभागी बने। आज सांस्कृतिक कार्यक्रमका साथै पुरुष खुल्ला फुटसल प्रतियोगिता आकर्षणको केन्द्र रह्यो।

मुख्य अतिथि खतिवडाले कार्यक्रम स्थलमा विभिन्न जातीय समूहहरूद्वारा लगाइएका स्टलहरूको भ्रमण गरे। सेमिफाइनल चरण अन्तर्गत सुप्रिमोस् एफसी लिङचोम र युनाइटेड ब्रदर्स एफसीबीच खेलिएको खेलमा सुप्रिमोस् एफसी विजयी बन्यो। सुप्रिमोस् एफसीले प्रतिद्वन्दी दललाई 3-2 गोलले पराजित गऱ्यो।

उल्लेख्य, कन्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल 2025 को आयोजना पेलिङ पर्यटन विकास संघले गेजिङ जिल्ला प्रशासन, 14 सिङयाङ चुम्बुङ जीपीयू र ब्लु रिङ्ग्स सोसाइटीको सहयोगमा गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande