
जङ्गु, 29 दिसम्बर (हि.स.)। उत्तर सिक्किम अन्तर्गत नामप्रिक्दाङ, जङ्गुमा चलिरहेको नामप्रिक्दाङ नामसुङ महोत्सवको तेस्रो दिन सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथिको रूपमा सहभागी बनिन्। कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री पिन्चो नामग्याल लेप्चा लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
मुख्य अतिथि लगायत आमन्त्रित अतिथिहरूलाई नामसुङ महोत्सव समारोह समितिद्वारा परम्परागत रूपमा भव्य स्वागत गरियो। महोत्सवमा परम्परागत अनुष्ठान, सांस्कृतिक प्रदर्शन र सामुदायिक सहभागिता समावेश थियो, जुन बितेका वर्षप्रति कृतज्ञता र आगामी वर्षमा शान्ति, समृद्धि र सद्भावको लागि प्रार्थनाको प्रतीक थियो।
यस कार्यक्रमले पवित्र नामसुङ पर्वसँग सम्बन्धित सदियौंदेखिका परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्दै सामुदायिक सम्बन्धलाई सफलतापूर्वक बलियो बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल