
गान्तोक, 29 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले तमु लोछारको राज्यवासीहरूलाई हार्दिक बधाई दिॅंदै यो पवित्र अवसरले सबैको लागि सुस्वास्थ्य, नवीकरण आकांक्षा र अर्थपूर्ण उपलब्धिहरू प्रदान गरोस् भनी कामना गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा तमु लोछारको आनन्दमय र शुभ अवसरमा सिक्किमका जनता, विशेष रूपमा गुरुङ समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले भने, तमु लोछार आशा, नयॉं शुरुवात र आशावादले भरिएको नयाँ वर्षको प्रतीक हो। यो हाम्रा साझा मूल्यमान्यताहरूमा चिन्तन गर्ने, सांस्कृतिक सम्पदाको उत्सव मनाउने तथा सद्भाव, एकता र पारस्परिक सम्मानप्रतिको हाम्रो प्रतिबद्धतालाई नवीकरण गर्ने समय हो।
मुख्यमन्त्रीले यो पवित्र अवसरले सबैको लागि सुस्वास्थ्य, नवीकरण आकांक्षा र अर्थपूर्ण उपलब्धिहरू प्रदान गरोस् भनी कामना गरेका छन्। उनले हाम्रो प्यारो राज्यमा शान्ति, खुशी र समृद्धि कायम रहोस्, र आगामी वर्षले प्रत्येक घरमा प्रगति र कल्याण लिएर आओस् भनी प्रार्थना पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल