
कांगपोकपी (मणिपुर), 30 दिसम्बर (हि.स.)। मणिपुरमा नशेको विरोधमा ठूलो कारबाही गर्दै मणिपुर पुलिस, केन्द्रिय रिजर्भव पुलिस बल (सीआरपीए), वन विभाग र नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)- को संयुक्त टीमले गए सोमवार कांगपोकपी जिल्लाको लंगखोंग (सैसिजांग)-को पहाड़ी क्षेत्रमा 35 एकड़ भूमिमा फैलिएको अवैध अफिमको खेतीलाई नष्ट गरिदियो।
पुलिस प्रवक्ताले आज बतायो, कारबाही अवधि खेतमा रहेको 12 वटा अस्थायी झोपड़ीहरूलाई जलाएर ध्वस्त बनाइयो। यसको साथै अफिमको खेतीमा प्रयुक्त सामग्रीहरूलाई पनि नष्ट गरियो जसमा 13 बोरा उर्वरक, 19 राउण्डअप हर्बीसाइड, 16 बोरा नून तथा स्प्रे पम्प, पाइप, हर्बीसाइड र अन्य उपकरणहरू सामेल छन्।
अधिकारी अनुसार यो संयुक्त अभियान राज्यको पहाड़ी जिल्लामा अवैध अफिमको खेतीमाथि रोक लगाउन अनि मादक पदार्थहरूको नेटवर्कलाई ध्वस्त बनाउनको लागि संचालित निरन्तर प्रयासहरूको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा