श्रीकृष्ण प्रणामी मन्दिर कालिझोडाको ३९औँ वार्षिकोत्सव समारोह सम्पन्न
Sri Krishna Pranami


खरसाङ, 30 दिसम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिर कालिझोडाको ३९औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।‌ गत २८ दिसम्बरदेखि शुरू भएको वार्षिकोत्सव समारोह ३० दिसम्बरसम्म सम्पन्न भयो।

समापन समारोहमा मंगलधाम गाधीपति गुरुजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज अनि वयोवृद्ध धर्मप्रचारक पण्डित राजप्रसाद ढुंगेलको विशेष उपस्थिति रहेको थियो। यसैगरी, पूर्व विधायिका तथा बाईजुराज संघ केन्द्रिय समिति प्रमुख रेणुलिना सुब्बा लगायत गण्यमाण्य धर्मप्रचारक गुरुजनको उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै गुरुजी मोहन प्रियाचार्यले कालिझोडा मन्दिरको ३९औं वार्षिकोत्सवसम्मको यात्राक्रमको व्याख्यान गर्दै गुरुजी श्री १०८ मंगलदासजी महाराजको दुरदर्शिताको फलस्वरूप साथै बस्नेत परिवारको योगदानको कारण आज हामी यसरी वार्षिकोत्सब मनाइरहेका छौँ भने। उनले भविष्यमा कालिझोडा मन्दिरलाई पर्यटन स्थलको रुपमा विकसित गरेर लैजाने भावी रणनीतिमाथि प्रकाश पारे।

यस अवसरमा धर्मप्रचारक प. राजप्रसाद ढुंगेलकृत जीवनी जीवन यात्राको पनि मोहनप्रियाचार्चको बाहुलीवाट लोकार्पण गरियो। समारोहलाई प. ढुंगेल र पर्व विधायिका रेणुलिना सुब्बाले पनि सम्बोधन गरेका थिए। विभिन्न क्षेत्रबाट आएका सुन्दरसाथ समूहले भजन प्रस्तुति गरेको कार्यक्रममा आयोजक समितिले विभिन्न व्यक्तित्वहरुलाई सम्मान जनाउने कार्य पनि गरेको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande