विधानसभा चुनाउको लागि तृणमूल कंग्रेसले पश्चिम बर्दवानको नौ वटा सीटमा नियुक्त गऱ्यो चार जना को-अर्डिनेटर
विधानसभा चुनाउको लागि तृणमूल कंग्रेसले पश्चिम बर्दवानको नौ वटा सीटमा नियुक्त गऱ्यो चार जना को-अर्डिनेटर


आसनसोल, 30 दिसम्बर (हि. स.)। आगामी 2026 विधानसभा चुनाउलाई लिएर तृणमूल कंग्रेसले संगठनलाई सुदृढ़ बनाउने दिशामा ठूलो कदम चालेको छ। पार्टीद्वारा पश्चिम बर्दवान जिल्लाका नौ वटा विधानसभा सीटहरूको लागि चारजना विधानसभा को-अर्डिनेटर नियुक्त गरिएको छ।

पार्टी सूत्र अनुसार यस नियुक्तिको उद्देश्य धरातलीय स्तरमा संगठनलाई सक्रिय बनाउनु, बूथ स्तरसम्म श्रेष्ठ समन्वय बनाउनु औ आगामी चुनाउपूर्व संगठनात्मक गतिविधिलाई गति दिनु रहेको छ।

नियुक्त को-आर्डिनेटरको जिम्मेवारी यस प्रकार तय गरिएको छ

1) दुर्गापुर पूर्व र दुर्गापुर पश्चिम विधानसभा क्षेत्रको जिम्मेवारी प्रदीप मजुमदारलाई सुम्पिइएको छ।

2) कुल्टी र आसनसोल उत्तर विधानसभा क्षेत्रका को-आर्डिनेटरको रूपमा मलय घटकलाई नियुक्त गरिएको छ।

3) बाराबनी, जामुड़िया एवं पाण्डवेश्वर विधानसभा क्षेत्रको जिम्मेवारी वी. शिवदासन दासुलाई दिइएको छ।

4) रानीगञज तथा आसनसोल दक्षिण विधानसभा क्षेत्रको लागि तापस ब्यनर्जीलाई को-आर्डिनेटर बनाइएको छ।

तृणमूल कंग्रेस नेतृत्वको मान्यता छ, अनुभवी नेताहरूलाई यो जिम्मेवारी सुम्पिनाले संगठन अझ मजबुत हुनेछ तथा कार्यकर्ताहरूमा नयाँ ऊर्जाको सञ्चार हुनेछ। पार्टी अब विधआनसभा स्तरमा बैठक, जनसम्पर्क अभियान औ संगठनात्मक समीक्षालाई तीव्रता दिने तयारीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande