
बक्सर, 30 दिसम्बर (हि.स.)। नववर्षको मध्यनजर अवैध रक्सी तस्करीमाथि रोक लगाउन चलाइएको अभियानमा मुफस्सिल थाना पुलिसलाई ठूलो सफलता हात लागेको छ।
उत्तर प्रदेश-बिहार सीमामा सतर्क सिपाहीको सतर्कताले गर्दा इँटाले भरिएको ट्रयाक्टरबाट भारी मात्रामा विदेशी रक्सी जफत भएको छ। तस्करहरूले इँटामुनि लुकाएर उत्तर प्रदेशबाट बिहारमा रक्सी तस्करी गरिरहेका थिए। जानकारी अनुसार, ट्रयाक्टर निरीक्षणपछि सीमामा रहेको उत्पाद विभागको चेकपोस्टबाट जाँचपछि निस्किसेको थियो तर मुफस्सिल थाना क्षेत्रमा एक सिपाहीलाई शंका लाग्यो र ट्रयाक्टर रोकेर जाँच गरियो। इँटा हटाएपछि, तल रक्सीका बक्सहरू भेटिए। पुलिसले ट्रयाक्टरलाई कब्जामा लिएर चालक छोटकी बसौली निवासी नन्दलेश कुमारलाई पक्राउ गरेको छ।
थानाध्यक्ष शम्भू भगतले बताए, कूल 1740 लीटर रक्सी जफत भएको छ। अन्य तस्करहरूको पहिचान गरी छापामारी भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी