आआपले फेरि लगायो शिक्षकहरूबाट कुकुरहरूको गन्ती गराएको आरोप
आआपले फेरि लगायो शिक्षकहरूबाट कुकुरहरूको गन्ती गराएको आरोप


नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। आम आदमी पार्टीले फेरि एकपटक आरोप लगाएको छ, दिल्ली सरकारले राजधानीका भुस्याह कुकुरहरूको गन्ती सरकारी शिक्षकहरू मार्फत गराउन गइरहेको छ। यस सन्दर्भमा पार्टीले आज पत्रकार वार्ता आयोजना गरी दिल्ली सरकारको शिक्षा निदेशालयको गत 20 नोभेम्बरको आदेशलाई आधारको रूपमा अगाड़ि राख्यो।

आआपका प्रवक्ता सञ्जीव झाले मंगलवार पार्टी मुख्यालयमा पत्रकार वार्ता गरी दिल्ली सरकारलाई लक्षित गऱ्यो। उनले भने, दिल्ली शिक्षा निदेशालयले शिक्षकहरूबाट भुस्याह कुकुरहरूको गन्ती गराउने आदेश जारी गरेको छ जुन शिक्षकहरको अपमान हो। उनले आदेशको प्रति मीडिया सामु प्रस्तुत गरे।

उल्लेखनीय छ, दिल्ली सरकारका शिक्षा मन्त्री आशिष सूदले हिजो यसको खण्डन गर्दै आआपलाई आफ्नो आरोपसित मिल्ने प्रमाण पेश गर्न भनेका थिए।

प्रवक्ता सञ्जीव झाले भने, मन्त्री आशिष सूदले हिजो हामीसित जवाफ मागेका थिए- जुन भनिरहेका छन् त्यसलाई सही साबित गरियोस्, त्यसैले हामीले आज दिल्ली सरकारको शिक्षा निदेशालयद्वारा गत 20 नोभेम्बरमा जारी शिक्षकहरूबाट कुकुरहरूको गन्ती गराउने आदेशलाई लिएर आएका छौं। यसमा अध्यापकहरूको ड्यूटीसित सम्बन्धित सूची पनि छ। उनले भने, अरविन्द केजरीवालको सरकारले शिक्षाको बेजोड़ मोडल बनायो, तर दिल्ली सरकारले शिक्षकहरूको अपमान गरिरहेको छ।

सञ्जीव झाले भने, आआप सरकारमा सरकारी शिक्षकहरूलाई ट्रेनिंगको लागि विदेश पठाइयो भने वर्तमान दिल्ली सरकारले उनीहरूबाट कुकुरहरूको गन्ती गराइरहेको छ। आआपको सरकारमा स्कूलका अध्यापकहरूबाट पढ़ाई अतिरिक्त कुनै काम गराइँदैनथ्यो भने अहिले शिक्षकहरूबाट कुकुरहरूको गन्ती गराइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande