परिवर्तनको लागि बंगाल पूर्ण रूपमा तयार, अमित शाहले कोलकातामा बंगला भाषामा ठूलो बयान दिए
परिवर्तनको लागि बंगाल पूर्ण रूपमा तयार, अमित शाहले कोलकातामा बंगला भाषामा ठूलो बयान दिए


कोलकाता, 30 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउपूर्व राजनीतिक हावा बाफिएको छ। केन्द्रिय गृहमन्त्री एवं सहकारिता मन्त्री अमित शाह तीन दिवसीय पश्चिम बंगाल प्रवासमा कोलकाता आइपुगेका छन्। एयरपोर्टमा पार्टी कार्यकर्ता अनि समर्थकहरूले उनलाई उष्ण स्वागत गरे। यस स्नेहबाट अभिभूत अमित शाहले बंगला भाषामा सन्देश साझा गर्दै भने, पश्चिम बंगाल परिवर्तनको लागि पूर्ण रूपमा तयार भएको छ।

अमित शाहले बंगला भाषामा आफ्नो सोशल मीडिया पोस्टमा भने, बंगला जनता परिवर्तन चाहन्छन् भने भारतीय जनता पार्टी (भाजपा) यस परिवर्तनको अगुवाई गर्न पूर्ण रूपमा तयार छ। उनले कार्यकर्ताहरूको उत्साह अनि समर्थनको सराहना गर्दै भने, यही ऊर्जाले आगामी चुनाउमा निर्णायक भूमिका निभाउनेछ।

उनले जानकारी दिए, प्रवास अवधि पार्टीको संगठनात्मक तथा चुनावी कार्यक्रमहरूमाथि विस्तार पूर्वक चर्चा हुनेछ। भाजपा, पश्चिम बंगाल कोर ग्रुपको बैठकमा विधानसभा चुनाउको रणनीतिमाथि मन्थन गरिनेछ। त्यसपछि पार्टीका सांसद अनि विधायकहरूसित बैठक हुनेछ। कोलकाता महानगरका सक्रिय तथा सशक्त संगठनात्मक कार्यकर्ताहरूसित पनि विचार-विमर्श गरिनेछ।

अमित शाहको यो भ्रमण यस्तो समयमा भइरहेको छ जतिबेला राज्यमा विधानसभा चुनाउलाई लिएर राजनीतिक सक्रियता बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande