
गुवाहाटी, 30 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतका महान वैज्ञानिक, अन्तरिक्ष अनुसन्धानका अग्रदूत औ इसरोका पूर्व अध्यक्ष डा. विक्रम साराभाईको पुण्यतिथिमा उनलाई भावभीनी श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले आज आफ्नो सोशल मीडिया सन्देशमा भने, डा. विक्रम साराभाई भारतको वैज्ञानिक चेतना एवं अन्तरिक्ष यात्राको जग बसाल्ने दूरदर्शी व्यक्तित्व थिए जसको मार्गदर्शनमा देशले अन्तरिक्ष विज्ञानको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गऱ्यो।
डा. सरमाले भने, डा. साराभाईको दूरदर्शी चिन्तन, समर्पण तथा राष्ट्र निर्माणमा योगदानले भावी पिँढ़ीको लागि प्रेरणाश्रोत बनिरहनेछ साथै राष्ट्रले उनलाई श्रद्धा एवं कृतज्ञताको साथमा स्मरण गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा