
उत्तर 24 परगना, 30 दिसम्बर (हि.स.)। उत्तर 24 परगना जिल्लाको बिराटी स्टेशन संलग्न यदुबाबू बजारमा गए सोमवार अबेर राति भयानक आगलागी भयो जसमा दुई सय वटाभन्दा अधिक दोकानहरू जलेर खरानीमा परिणत भयो जसबाट सयकड़ौं लघु व्यापारीहरूले एकै रातमा आफ्नो सर्वस्व गुमाए। बजारमा आगो लाग्नुको कारण अहिलेसम्म पत्तो लागेको छैन। व्यापारीहरूले घटनाको पूर्ण एवं निष्पक्ष जाँच गर्ने माग गरेका छन्।
स्थानीय मानिसहरू अनुसार गए सोमवार राती अचानक बजारमा आगो बलिरहेको देखियो। व्यापारीहरूले सूचना पाउँदा-नपाउँदासम्ममा आगोले विकराल रूप धारण गरिसकेको थियो भने सम्पूर्ण बजार आगोको चपेटमा परिसकेको थियो। बजारका सबै दोकानहरू टिनको छानो भएको थियो। यहाँ न त कुनै अग्नि-निरोधक व्यवस्था नै रहेको थियो। त्यसैले आगो द्रूत गतिमा फैलिएर क्षणभरमै सम्पूर्ण बजारलाई आफ्नो चपेटमा लियो।
यस बजारमा इलेक्ट्रिक सामानको दोकान संचालन गर्ने नुपुर चक्रवर्तीले बताए, “मलाई राती एउटा फोन आयो। फोनमा भनियो, तुरून्तै आऊ, यहाँ सबै कुरा सिद्धिसक्यो। लगभग 2 सय वटा दोकानहरू थियो, मेरो पनि एउटा इलेक्ट्रनिक दोकान थियो, सबै स्वाहा भयो।
अर्का व्यापारी आफ्नो जलिरहेको दोकानलाई देखेर रून थाले। उनले व्यथित स्वरमा भने, “यो तो श्मशान बनेको छ। आँखा अगाड़ि सबै जलेर स्वाहा भयो।”
घटनाको सूचना पाउनसाथ दमकल विभागको टीम घटनास्थलमा पुग्यो। सात वटा इञ्जिनको कड़ा परिश्रमले आगोलाई नियन्त्रण गऱ्यो। दमकल कर्मीहरूले पूर्ण तत्परता देखाए पनि त्यस बेलासम्ममा बजार पूर्ण रूपले जलिसकेको थियो।
घटनास्थलमा उत्तर दमदम नगरपालिकाका चेयरम्यान विधान विश्वास पनि पुगे। उनीसित केही पार्षदहरू उपस्थित थिए। पीड़ित व्यापारीहरूको दुर्दशा देखेर उनीहरूले उनीहरूको साथमा रहने आश्वासन दिए। विधान विश्वासले भने, “यो बजार नगरपालिका क्षेत्र अन्तर्गत पर्छ। हामी व्यापारीहरूको साथमा छौं। उनीहरूलाई हरसम्भव सहायता दिइनेछ अनि पुनर्वास गराउने चेष्टा गरिनेछ।” उनले सम्पूर्ण मामिलाको विस्तृत जाँच गर्ने माग समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा