
सिलगढ़ी, 30 दिसम्बर (हि.स)। सिलगढ़ी शहर लगायत सम्पूर्ण दार्जीलिङ जिल्ला कठ्याङ्ग्रिने जाडोको चपेटमा परेको छ। शहरका सड़क, घर एवं वरपरका क्षेत्रहरूलाई कुहिरोले ढाकेको छ। बिहान ढिलो गरी सूर्य उदय भएको कारण आम जनजीवनमा पनि जाड़ोको प्रभाव स्पष्ट रूपमा देखिँदैछ। तथापि यो कम्पन केही मानिसहरूको लागि विशेष आनन्दको कारण पनि बनिरहेको छ।
जाड़ोको यस मौसमको आनन्द लिनको लागि अबेर रातिदेखि भोर बिहानसम्म शहरका सड़कहरूमा स्थानीय मानिसहरूसँगसँगै पर्यटकहरूलाई पनि देखिँदैछ। मोबाइल फोनबाट सेल्फी लिने अनि रील शुट गर्नु विशेष गरी युवाहरूमाझ आकर्षणको केन्द्र भएको छ। युवा मात्र नभएर मध्यम आयु वर्गका मानिसहरू पनि यस चिसो माहोललाई क्यामरामा कैद गर्नमा व्यस्त छन्।
यता जाड़ोदेखि बच्नको लागि शहरका विभिन्न क्षेत्रहरूमा बटुवा, रिक्साचालक तथा श्रमिकहरूलाई आगो ताप्दै गरेको दृश्य देखिँदैछ। स्थानीय मात्र नभएर उत्तर बंगलका विभिन्न पर्टन स्थलहरू घुम्न आएका पर्यटकहरू पनि यस मौसममा सिलगढ़ी आइरहेका छन्। वर्षको अन्तिम क्षणमा जाड़ोको आगमनसितै सिलगढ़ी शहरलाई एउटा नयाँ रूपमा देखिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा