22 अल्पसंख्यक बहुल सीटमै समेटियो कंग्रेसको राजनीतिः एआईयूडीएफ
22 अल्पसंख्यक बहुल सीटमै समेटियो कंग्रेसको राजनीतिः एआईयूडीएफ


गुवाहाटी, 30 दिसम्बर (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ)- का विधायक अमिनुल इस्लामले कंग्रेसमाथि चर्को हमला गर्दै भनेका छन्, पार्टीको सम्पूर्ण राजनीति राज्यका मात्र 22 मुस्लिम बहुल विधासभा सीटमा सीमित बन्न पुगेको छ जबकि 104 हिन्दू बहुल सीटमा चुनाउ लड़्नको लागि कंग्रेस उदासीन भएको छ। यी सीटहरूलाई कंग्रेसले भाजपाको लागि छोड़िदिएको छ।

अमिनुल इस्लामले भने, मुस्लिम बहुल क्षेत्रका मतदाताहरूले अब विपक्षमा मजबुत भूमिका निभाउनको लागि एआईयूडीएफका नेताहरूलाई नै समर्थन गर्नेछन्। उनले आरोप लगाए, कंग्रेस राज्यव्यापी विकल्प बन्नमा पूर्ण रूपले विफल भएको छ। उसले आफ्नो रणनीतिलाई अल्पसंख्यक बहुल सीटहरूसम्म मात्र सीमित राखेको छ।

एआईयूडीएफ विधायकले अझ भने, कंग्रेसको यसै नीतिको कोरामले जनताको झुकाउ स्वभाविक रूपमा एआईयूडीएफ तर्फ बढ़ेको हो। उनले दाबी गरे, मानिसहरूले अब यो कुरा बुझिसकेका छन् कि अल्पसंख्यकहरूको प्रभावकारी आवाज बन्नको निम्ति कंग्रेस सक्षम छैन। त्यसैले पनि एआईयूडीएफलाई व्यापक समर्थन प्राप्त भइरहेको छ। अमिनुल इस्लामले आज एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande