
सिलगढ़ी, 30 दिसम्बर (हि.स.)। सिलगढ़ीको ईस्टर्न बाइपास संलग्न पूर्व चयनपाड़ा क्षेत्रमा मोबाइल टावर निर्माण गर्ने सन्दर्भमा मंगलवार क्षेत्रमा व्यापक तनाउ फैलियो। स्थानीय मानिसहरूले विरोध गरेका कारणले हाल टावर निर्माणको कार्यलाई बन्द गरिएको छ।
स्थानीय सूत्र अनुसार क्षेत्रमा पहिलाबाटै एउटा मोबाइल टावर छ। हालैमा सोही क्षेत्रमा अर्को नयाँ टावर निर्माण गर्ने पहल गरिएको थियो। आरोप छ, सम्बन्धित कम्पनीले स्थानीय निवासीहरूलाई पूर्व सूचना बिनै काम शुरू गर्ने चेष्टा गऱ्यो जसबाट मानिसहरू रूष्ट भए।
स्थानीय मानिसहरू एकजुट भएर घटनास्थलमा पुगे अनि टावर निर्माणको कार्यलाई रोकेर विरोध प्रदर्शन गर्न शुरू गरे। सूचना पाएपछि आशिघर चौकीको पुलिस घटनास्थलमा पुग्यो। पुलिसको हस्तक्षेपले स्थिति आंशिक रूपमा नियन्त्रित भयो साथै प्रदर्शन पनि समाप्त भयो। तर स्थानीय मानिसहरूले आपत्ति जनाएको कारणले काम फेरि शुरू हुन सकेन।
स्थानीय निवासीहरूको आरोप छ, पहिलाबाटै रहेको टावरको कराणले रेडिएशनको प्रभाव परिरहेको छ। यस्तो अवस्थामा फेरि अर्को टावर निर्माण गर्नाले स्वास्थ्यमाथि गम्भीर प्रभाव पर्ने आशंका छ। यसको साथै मानिसहरूले एनओसी बिनै काम शुरू गरिएकोमा पनि प्रश्न उठाएका छन्।
घटनापछि क्षेत्रमा अहिले पनि तनाउ नै छ। स्थानीय मानिसहरूको भनाइ छ, जबसम्म सबै अनुमति तथा जनसहमति लिँदैन तबसम्म कुनै पनि स्थितिमा मोबाइल टावर निर्माण गर्न दिइनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा