
नयाँ दिल्ली, 30 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्ली सरकारको मन्त्री परिषद्ले मंगलवार केही महत्वपूर्ण निर्णय लिएकोछ। यो निर्णय आगामी विधानसभा सत्रसित सम्बन्धित छ। सरकारले सत्र अवधि प्रदूषण तथा पर्यावरणको मुद्दामा विस्तृत एवं खुल्ला चर्चा गराउनेछ। सरकार स्वयंले पर्यावरण र प्रदूषणसित सम्बन्धित प्रस्ताव ल्याउनेछ।
पर्यटन मन्त्री कपिल मिश्राले दिल्ली सचिवालयमा आयोजित पत्रकार वार्तामा उक्त फसेलाबारे जानकारी गराउँदै भने, दिल्ली विधानसभाको सत्र 5 जनवरीदेखि चार दिनको लागि आयोजना गरिनेछ जसमा सरकारद्वारा केही महत्वपूर्ण प्रस्ताव पेश गरिनेछ।
कपिल मिश्राले भने, विधानसभा सत्रमा प्रदूषण र पर्यावरणको मुद्दामा विस्तृत एवं खुल्ला चर्चा हुनेछ। सरकारले स्वयं पर्यावरण तथा प्रदूषणलाई लिएर प्रस्ताव ल्याउनेछ। उनले बताए, सदनमा पछिल्लो 20 वर्षको स्थितिसित सम्बन्धित वैज्ञानिक रिपोर्ट राखिनेछ अनि प्रदूषणसित सम्बन्धित कमी-कमजोरीहरूसितै भविष्यको कार्ययोजनामाथि चर्चा गरिनेछ। यस चर्चामा सबै पक्षलाई आ-आफ्नो कुरा राख्ने अवसर दिइनेछ।
कपिल मिश्राले आम आदमी पार्टी (आआपा) -माथि चर्को हमला गर्दै भने, उनीहरूका नेता झुटको राजनीतिको प्रतीक बनिसकेका छन्। उनले आरोप लगाए, दश वर्षसम्म झुटको सहारामा सत्तामा रहेपछि जनताले उनीहरूलाई नकारिदिएका छन्। मिश्राले भने, जुन पापको कारणले आआप हारेको थियो, अब त्यै पापलाई दोहोऱ्यायो भने कहिल्यै पनि सत्तामा फर्किनेछैन।
यसरी नै शिक्षा मन्त्री आशिष सूदले भने, आम आदमी पार्टी (आआपा)-ले हिजो दिनभरि ट्वीट गऱ्यो अनि अभियान चलायो कि दिल्लीका शिक्षकहरूले अब भुस्याह कुकुरहरूको गन्ती गर्नेछन्। उनले भने, आआपको राजनीति झुटो फैलाउनु हो।
शिक्षा मन्त्रीले आआपमाथि तीव्र हमला गर्दै भने, आआपलाई भ्रष्ट मानिसहरूसित यतिधेरै माया किन? जब दिल्ली सरकारले उनीहरूविरूद्ध कारबाही गरिरहेको बेला आआप भ्रष्ट मानिसहरूको समर्थनमा किन छ ?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा