केन्द्रिय राज्यमन्त्री जर्ज कुरियन बागडोगरा आइपुगे
केन्द्रिय राज्यमन्त्री जर्ज कुरियन बागडोगरा आइपुगे


सिलगढ़ी, 30 दिसम्बर (हि.स.)। भारत सरकारको अल्पसंख्यक मामिला तथा मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास राज्यमन्त्री जर्ज कुरियन सिक्किमको आधिकारिक भ्रमणको क्रममा बागडोगरा हवाई अड्डा आइपुगेका छन्। हवाई अड्डामा केन्द्रिय राज्यमन्त्रीलाई राज्य पशुपालन एवं पशु चिकित्सा सेवा विभागका पशु चिकित्सा अधिकारी शान्तिराम छेत्री लगायत गृह विभागका अधिकारीहरूले स्वागत जनाए।

आईपीआर विभाग अनुसार, केन्द्रिय राज्यमन्त्री जर्ज कुरियन आफ्नो प्रवास अवधि सिक्किमका विभिन्न ठाउॅंहरू भ्रमण गर्नेछन् र मत्सयपालन, पशुपालन र अल्पसंख्यक कल्याण सम्बन्धित कार्यक्रमहरूको समीक्षा गर्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande