
जलपाईगुड़ी, 30 दिसम्बर (हि.स)। जिल्लाको राजगञ्ज ब्लकमा मंगलवार स्थानीय विधायक खगेश्वर रायले सन्न्यासीकाटा ग्राम पञ्चायत क्षेत्रमा दुई वटा नयाँ पक्की सड़कहरूको निर्माणको निम्ति शिलान्यास गरे।
जानकारी अनुसार पहिलो सड़क पागलहाटदेखि जमिदारगछसम्म लगभग साढ़े तीन किलोमीटर लामो हुनेछ भने दोस्रो सड़क पीडब्ल्यूडी रोडदेखि नाकुगछस्म लगभग 18 सय मीटर लामो बनिनेछ। यी दुवै सड़कहरूको निर्माण पश्चिम बंगाल सरकारको पञ्चायत एवं ग्रामीण विकास विभागद्वारा लगभग अढ़ाई कड़ोर रुपियाँको वित्तीय सहयोगमा गरिनेछ।
यस अवसरमा विधायक खगेश्वर रायले भने, यी दुवै सड़क क्षेत्रवासीको दीर्घकालिक माग थियो जुन आज पूरा भएको छ। सड़क निर्माण भएपछि केही गाउँहरू सोझै लाभान्वित हुनेछन् अनि आवागमनमा धेरै सुविधा हुनेछ।
शिलान्यास कार्यक्रममा विधायक बाहेक जलपाईगुड़ी जिल्ला परिद की सदस्य उत्तरा बर्मन, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रुपाली दे सरकार, राजगञ्ज ब्लक तृणमूल कंग्रेस अध्यक्ष अरिन्दम ब्यनर्जी, पञ्चायत समिति सदस्य तहमिदार रहमान, ग्राम पञ्चायत प्रधान रुमा खातून सहित अन्य जनप्रतिनिधि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा