स्थाीकरण र वेतनको मागमा मयनामा आशाकर्मीहरूको व्यापक प्रदर्शन
स्थाीकरण र वेतनको मागमा मयनामा आशाकर्मीहरूको व्यापक प्रदर्शन


पूर्व मेदिनीपुर, 30 दिसम्बर (हि. स.)। विधानसभा चुनाउपूर्व मयनामा आशा कर्मीहरूको आन्दोलन अझ तीव्र भएको छ। मंगलवार भारी संख्यामा आशा कर्मीहरूले अनुशासित तथा क्रमबद्ध ढंगमा पंक्ति बनाएर जिल्लाधिकारी कार्यालयमा पुगे अनि आफ्नो मागको समर्थनमा विरोध प्रदर्शन गरे।

आशा कर्मीहरूले शान्तिपूर्ण ढंगमा प्रशासनलाई ज्ञापन सुम्पिँदै स्वास्थ्य कर्मीहरूको जस्तै स्थायीकरण, सरकारी मान्यता, न्यूनतम 15 हजार मासिक वेतन, समयानुसार अतिरिक्त कार्यभार नदिने तथा कार्य अवधि मृत्यु भए 5 लाख रुपियाँ आर्थिक सहयोग दिनुपर्ने माग गरे।

मयनाकी एकजना आशा कर्मी माया मायतीले भनिन्, आशा कर्मीहरूले वर्षौंदेखिको मातृ एवं शिशु स्वास्थ्य सहित विभिन्न सरकारी योजनाहरूलाई सफल बनाउनमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेका छन्, तर आज पनि उनीहरूलाई अस्थायी मानेर बेवास्ता गरिँदैछ। उनले स्पष्ट पारिन्, हाम्रो माग पूरा नहुञ्जेलसम्म अनिश्चितकालीन कार्यबहिष्कार जारी रहनेछ।

आशा कर्मीहरूको यस आन्दोलनबाट क्षेत्रको प्राथमिक स्वास्थ्य सेवाहरूमा प्रभाव पर्ने सम्भावना छ। यो खबर लेखुञ्जेलसम्म पनि प्रशासनको पक्षबाट कुनै ठोस प्रतिक्रिया आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande