
सिलगढ़ी, 30 दिसम्बर (हि. स)। सिलगढ़ी नगर निगमको वार्ड नम्बर-33 अधिनस्थ लेकटाउन क्षेत्रमा अवस्थित एउटा मोबाइल दोकानमा भएको चोरीको घटनाले क्षेत्रमा सन्त्राष फैलाएको छ।
प्राप्त जानकारी अनुसार मंगलवार बिहान दोकान मालिक दोकान खोल्न जाँदा दोकानको शटर भाँचिएको र दोकानभित्र सामानहरू यत्रतत्र फैलिएको पाए। मामिलाको सूचना तुरून्तै एनजेपी थाना पुलिसलाई दिइयो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले दोकानको सीसीटीभी फुटेजको जाँच गऱ्यो।
दोकान मालिकले बताए, सबैरै एकजना उपद्रवीले दोकानको शटर भत्काएर दोकानभित्र पस्यो अनि दोकानमा राखिएका 40 वटा मोबाइल फोन तथा केही नगद रुपियाँ लिएर भाग्यो। हाल पुलिस चोरलाई चिन्हित गर्न अनि चोरी गरिएका साग्रीहरूलाई जफत गर्नको लागि जाँचमा जुटेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा