
सिलगढ़ी, 30 दिसम्बर (हि.स.)। ग्रेटर सिलगढ़ी होटलियर वेलफेयर एसोसिएशनको पक्षबाट मंगलवार साइबर क्राइम थानामा एक लिखित सिकायत दर्ता गरिएको छ।
सिकायत अनुसार केही दिनअघि सोशल मीडियाको एक प्लेटफर्ममा सिलगढ़ीका केही होटलहरूमा बंगलादेशी नागरिकहरूलाई कोठा भाड़ामा नदिएको सम्बन्धमा एउटा खबर प्रकाशित तथा प्रसारित भएको थियो। एसोसिएशनले आरोप लगाएको छ, उक्त खबर प्रकाशित भएपछि अमित राजपूत नामक व्यक्तिले सोशल मीडियाको कमेन्ट सेक्शनमा अश्लील, आपत्तिजनक तथा अपमानजनक टिप्पणी गरे। यस्ता टिप्पणीहरूको माध्यमबाट होटल व्यवसायी संगठन र सबै होटल प्रबन्धनहरूको छबि धमिल्याउने चेष्टा गरिएको छ।
यसबारेमा ग्रेटर सिलगढ़ी होटलियर वेलफेयर एसोसिएशनका संयुक्त सचिव उज्जवल घोषले भने, सोशल मीडियामा गैर-जिम्मेवारी तथा अशोभनीय टिप्पणी गर्नाले कुनै व्यक्ति वा संगठनको प्रतिष्ठालाई नोक्सान मात्र नपुऱ्याएर समाजमा भ्रम अनि अशान्ति पनि सिर्जना गर्छ। त्यसैले एसोसिएशनले यस मामिलालाई गम्भीर रूपमा लिएर कानूनी बाटो अप्नाउने फसेला लिएको छ। साइबर क्राइम थानामा सुम्पिइएको सिकायत पत्रमा सम्बन्धित व्यक्तिविरूद्ध आवश्यक कानूनी कारबाही गर्ने माग गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा