
सिलगढ़ी, 30 दिसम्बर (हि. स.)। लगभग तीन महिनाको लामो प्रतीक्षा पश्चात रोहिणी सड़क एक पटक फेरि खोलिन गइरहेको छ। गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)-ले घोषणा गरेको छ, आगामी एक जनवरीदेखि यस मार्गमा साना वाहनहरूको आवागमन शुरू गराउने प्रयास गरिँदैछ। यो खबरले रोहिणी क्षेत्रका होटल, रेस्तरां व्यवसायी, स्थानीय निवासी औ परिवहन चालकहरूमा खुशी व्याप्त भएको छ।
जीटीएको लोक निर्माण विभागीय प्रभारी एग्जीक्यूटिभ डाइरेक्टर सोनम लेपचाले बताए, नववर्षको पहिलो दिनदेखि रोहिणी सड़कलाई साना वाहनहरूको लागि खोलाउने प्रयास गरिँदैछ। यसको लागि दिन-रात काम भइरहेको छ। तथापि सबै प्रकारका वाहनहरूको लागि सड़कलाई पूर्ण रूपमा खोल्नको लागि अझै दश दिन लाग्नसक्छ।
उल्लेखनीय छ, गत चार अक्टोबरको राती पहाड़ी क्षेत्रमा पहाड़ी क्षेत्रमा भएको घना वर्षाले ठूलो विपत्ती निम्ताएको थियो। सोही रात सिलगढ़ी-दार्जीलिङलाई जोड़्ने अत्यन्त व्यस्त रोहिणी सड़कको लगभग 50 मीटर भाग धसिएको थियो जसले गर्दा यस मार्गलाई पूर्ण रूपले बन्द गरिएको थियो। जीटीएले मरम्मत कार्य शुरू गरेको थियो जसको निम्ति न्यूनतम पनि दुई-तीन महिना लाग्नसक्ने कुरा जीटीएले पहिला नै भनिसकेको थियो।
रोहिणी सड़क बन्द भएको कारण सिलगढ़ीदेखि खरसाङ अनि दार्जीलिङतर्फ आवागमन राष्ट्रिय राजमार्ग 110 (हिलकार्ट रोड)-बाट गर्न परिरहेको थियो। यसबाट यात्राको समय मात्र होइन खर्च पनि धेरै बढ़ेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा