सिलगढ़ी इस्टर्न बाइपासको दुर्घटनाको लागि ट्राफिक पुलिस जिम्मेवारः शिखा च्याटर्जी
सिलगढ़ी इस्टर्न बाइपासको दुर्घटनाको लागि ट्राफिक पुलिस जिम्मेवारः शिखा च्याटर्जी


सिलगढ़ी, 30 दिसम्बर (हि. स.)। सिलगढ़ी इस्टर्न बाइपासमा लगातार भइरहेको सड़क दुर्घटनालाई लिएर डाबग्राम-फुलबाड़ीकी भाजपा विधायक शिखा च्याटर्जीले राज्य पुलिस र ट्राफिक प्रशासनमाथि गम्भीर आरोप लगाएकी छन्। उनको भनाइ छ, आशिघर मोड़ क्षेत्रमा अवैध पिकअप भ्यान र म्याक्सी क्याब स्ट्याण्डको कारण बाम्बार दुर्घटनाहरू भइरहेका छन्।

उल्लेखनीय छ, हालैमा भएको स्कुटी दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भएको थियो। यसपूर्व एक जना स्कूले बालकको मृत्यु भएको थियो। यसरी नै सानो-ठूलो दुर्घटनाहरू भइरहन्छन्। इस्टर्न बाइपासमा लगातार भिरहेका दुर्घटनाहरूको लागि सोझै रूपमा पुलिस प्रशासनलाई जिम्मेवार ठहराउँदै शिखा च्याटर्जीले मंगलवार भनिन्, पुलिस अन्य कामहरूमा व्यस्त रहेर आफ्नो मूल जिम्मेवारी निभाउन विफल भइरहेको छ।

विधायक अनुसार आशिघर मोड़मा लामो समयदेखिकै अवैध रूपमा पिकअप भ्यान तथा म्याक्सी क्याबको स्ट्याण्ड संचालन भइरहेकोछ जसले गर्दा सड़क साँघुरिएको छ। भारी वाहहरूको आवागमन गर्ने इस्टर्न बाइपासमा दुर्घटनाको खतरा बढ़ेर गएकोछ। उनले आरोप लगाइन्, यी अवैध स्ट्याण्डहरूको कारणले दुर्घटनाहरू भइरहेको भए पनि पुलिसले कुनै ठोस कदम उठाइरहेको छैन। यस अतिरिक्त इस्टर्न बाइपासको फुटपाथमा अवैध कब्जा गरी दोकानहरू संचालन गर्नेहरूमाथि पनि प्रशासनको नजर पुगेको छैन।

शिखा च्याटर्जीले बताइन्, डाबग्राम-2 ग्राम पञ्चायतका प्रधानले कैयौं पटक पुलिस र ट्राफिक विभागलाई यो समस्यासित अवगत गराएको भए पनि अहिलेसम्म यसको समाधान हुन सकेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande