
पूर्व मेदिनीपुर, 30 दिसम्बर (हि. स.)। पूर्व मेदिनीपुर जिल्लाको तमलुकमा पांशकुड़ा स्टेशन संलग्न बस स्ट्याण्डमा खड़ा एउटा बसभित्र बस कर्मचारीको झुण्डिरहेको शव भेटियो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान शेख मिराज (42)-को रूपमा भएको छ जो हुगली जिल्लाको गोघाट थाना अन्तर्गत उल्लामपुर क्षेत्रका निवासी थिए।
जानकारी अनुसार, पांशकुड़ा–बर्दवान रूटको उक्त बस राति त्यहीँ बिसाउँछ र त्यहीँबाट दिनहुँ बिहान 4:15 बजी बर्दवानतर्फ प्रस्थान हुन्छ। मंगलवार भोर बिहान बस निर्धारित समयमा बस प्रस्थान हुनपूर्व बसभित्र हेल्परको शव झुण्डिरहेको देखियो। बस कर्मचारीको मृत्यु कसरी भयो अहिलेसम्म स्पष्ट हुन सकेको छैन। सूचना पाउनसाथ पांशकुड़ा थााको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। मृतकको परिवारलाई पनि घटनाबारे जानकारी दिइएको छ। पुलिसले अब यस कुराको जाँच गरिरहेको छ कि यो आत्महत्या हो वा हत्या।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा