
इम्फाल, 30 दिसम्बर (हि.स.) । सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको लम्पेल थाना अन्तर्गत एक विशेष अभियानमा प्रतिबन्धित संगठन प्रेपाक (जी-5)-सित जोड़िएका दुई पति-पत्नी जो बलजफ्ती असुलीमा सामेल रहेका थिए,-लाई सोमवार पक्राउ गरियो। पुलिस प्रवक्ताले बताए, आरोपीद्वयको पहिचान सागोलबन्द तेरा खुराइजाम लेइकाई निवासी कोंथौजम चाओबा मैतेई उपनाम पुंशिबा (46) र उसकी पत्नी कोंगथौजम (ओ) शर्मिला लीमा उपनाम नानाओ (43)- को रूपमा भएको छ। अभियान अवधि पतिको कब्जाबाट एउटा मोबाइल फोन जफत गरियो।
यसरी नै अर्को कारबाहीमा सुरक्षा बलहरूले थौबल जिल्लाको थौबल थाना अन्तर्गत जिल्ला अस्पताल गेट नजिक एनएच-102 मा खंगाबोक क्षेत्रबाट प्रीपाक (प्रो)-का एकजना सक्रिय क्याडरलाई पक्राउ गरे। पक्रा पर्ने क्याडरको पहिचान लैरेंकाबी मानिंग लेइकाई, इम्फाल पश्चिम जिल्ला निवासी चन्दम चन्द्रमणि सिंह उपनाम घमबीर उपनाम तम्यंगनबा (49)- को रूपमा भएको छ। उसको कब्जाबाट एउटा मोबाइल फोन र सिम कार्ड जफत गरियो। मामिलाको अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा