
फिरोजाबाद, 30 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला फिरोजाबादको नासीरपुर थाना क्षेत्रमा सोमवार राति भूमि विवादमा एक किसानको गोली दागेर हत्या गरियो। घटनामा उनका छोरा, पत्नी र भाइ पनि घाइते भएका छन्। पीड़ितको उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरेको छ र आरोपीको खोजी शुरु गरेको छ।
नासीरपुर थाना क्षेत्रका मातादीनका छोरा मधैया नन्दराम सत्यभान (45) को आफ्नै गाउँका बासिन्दा सुरतरामसँग पाँच बिघा जमीनलाई लिएर विवाद चलिरहेको थियो। सत्यभान सोमवार अबेर राति खेतबाट घर फर्किरहेका थिए। विपक्षी पक्षले सत्यभानलाई घेरेर गोली हानेको आरोप छ। सत्यभानकी पत्नी राधा, छोरा र भाइ उनलाई बचाउन दौड़ँदा अभियुक्तले उनीहरूसित कुटपिट गरे औं गोली चलाए, जसबाट तीनै जना घाइते भए।
परिवारका सदस्य र गाउँलेहरू घटनास्थलमा पुगे र सत्यभानलाई शिकोहाबाद अस्पताल लगे, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरे। घटनास्थलमा भीड़ जम्मा भयो। जानकारी पाएपछि पुलिस पनि घटनास्थलमा पुग्यो। पुलिसले घटनास्थलको निरीक्षण गर्योा र परिवारसित घटनाबारे सोधपुछ गर्योा। पुलिसले घटनाको जाँच र अभियुक्तको खोजी शुरु गरेको छ।
अपर पुलिस अरीक्षक (देहात) अनुज चौधरीले भूमि विवादमा गोली लागेर एक व्यक्तिको मृत्यु भएको बताए। पीड़ितको लिखित उजुरीको आधारमा एफआईआर दर्ता गरिएको छ। अभियुक्तहरूको खोजी भइरहेको छ र आवश्यक कानूनी कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी