खड़गपुरमा वैकुण्ठ एकादशीको दिव्य उत्सव, सन्ध्यालाई प्रज्वलित हुनेछ 10 हजार एक दीप
खड़गपुरमा वैकुण्ठ एकादशीको दिव्य उत्सव, सन्ध्यालाई प्रज्वलित हुनेछ 10 हजार एक दीप


खड़गपुर, 30 दिसम्बर (हि. स.)। वैष्णव परम्पराको परम पावन पर्व वैकुण्ठ एकादशीको अवसरमा खड़गपुरको ओल्ड सेटलमेन्ट स्थित वैकुण्ठ बालाजी देवस्थानममा मंगलवार सबेरैदेखि नै भव्य धार्मिक अनुष्ठानको आयोजन आरम्भ भयो।

यस अवसरमा सन्ध्या कालमा 10 हजार एक दीपहरूको प्रज्जवलनलाई केन्द्रमा राखेर भव्य वैकुण्ठ दीपोत्सव आयोजना गरिँदैछ जुन सम्पूर्ण कार्यक्रमको मुख्य आकर्षण हो।

मंगलवार बिहान 6 बजीदेखि भगवान बालाजीको उत्तर द्वार दर्शनको शुभारम्भ भयो। त्यसपछि बिहान 6.30 बजीदेखि अखण्ड गोविन्द नाम-पारायण प्रारम्भ गरियो जसमा ठूलो संख्यामा श्रद्धाहरू सहभागी भइरहेका छन्। मन्दिर परिसरमा दिनभरि भक्ति अनि श्रद्धाको वातावरण सृजना भएको छ।

मन्दिर प्रबन्धनको पक्षबाट बताइयो, पूर्वान्ह 11 बजे भगवानलाई महानैवेद्य (छप्पन भोग) अर्पण गरियो भने श्रद्धालुहरूको लागि प्रातः कालदेखि नै विशेष अन्नावरम महा अलुवा प्रसाद वितरण गर्ने व्यवस्था गरिएको छ।

मन्दिरका सचिव आर किशोरले जानकारी दिए, कार्यक्रमको मुख्य आकर्षण सन्ध्या 6 बजे हुने वैकुण्ठ दीपोत्सव हो जसमा एकैसाथ दश हजार एक दीप प्रज्जवलित गरिनेछ। मन्दिर परिसर दीपहरूको आलोकमा जगमगाउनेछ अनि भक्तिमय वातावरणमा भगवान बालाजीको आराधना गरिनेछ। त्यसपछि रात्रि 8 बजी वैकुण्ठ आरती सम्पन्न हुनेछ।

मन्दिर समितिका अध्यक्ष दामोदर राव तथा चेयरम्यान दीपचन्द साहाले बताए, वैकुण्ठ एकादशीको यस पावन अवसरमा श्रद्धालुहरूको सुविधा,सुरक्षा एवं सुचारू दर्शन व्यवस्थाको लागि विशेष प्रबन्ध गरिएको छ। उनले श्रद्धालुहरूसित कार्यक्रममा सहभागी भएर दीपोत्सवको साक्षी बन्ने आह्वान समेत गरेका छन्।

उल्लेखनीय छ, वैकुण्ठ एकादशीमा भगवान विष्णु एवं भगवान बालाजीको दर्शनलाई मोक्षदायी मानिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande