मन्दिर बनोस्, चर्च बनोस्, तर मस्जिद पनि बनोस्ः पीरजादा तोहा सिद्दीकी
मन्दिर बनोस्, चर्च बनोस्, तर मस्जिद पनि बनोस्ः पीरजादा तोहा सिद्दीकी


हुगली, 30 दिसंबर (हि. स.)। गए सोमवार न्यू टाउनमा मुख्यमन्त्री ममता ब्यनार्जीले दुर्गांगनको शिलान्यास गरिन्। यसको साथै उनले घोषणा गरिन्, आगामी जनवरी महिनामा उत्तर बंगालमा महाकाल मन्दिरको पनि शिलान्यास गरिनेछ। विधानसभा चुनाउपूर्व राज्यको राजीतिमा मन्दिर-मस्जिदलाई लिएर चर्चा चुलिँदै गइरहेको छ। यसैबीच फुरफुरा शरिफका पीरजादा तोहा सिद्दीकीले मंगलवार यस मुद्दामा खुलेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्।

पीरजादा तोहा सिद्दीकीले मुख्यमन्त्रीको मन्दिर निर्माणको पहलको आलोचना गर्दै भने, मन्दिर बनोस, चर्च बनोस्, यसमा कुनै आपत्ति छैन, तर मस्जिद पनि बनिनुपर्छ। उनले आरोप लगाए, मन्दिर बनाएर मुख्यमन्त्री ममता ब्यानर्जीले राजनीतिक रूपमा गलत कदम उठाइरहेकी छन्।

दुर्गांगनको शिलान्यास पश्चित सिद्दीकीले भने, जुन आशा बोकेर हिन्दू समुदायको लागि मन्दिर बनाइँदैछ, त्यो सफल हुनेछैन। उनी अनुसार “ममता ब्यानर्जीले अहिलेसम्ममा जसरी काम गर्दै आइरेहकी छन्, त्यसमा मन्दिर-मस्जिद बनाउन आवश्यक भएको थिएन। तर अहिले जुन हिन्दू भोट यता-उता भएको छ, त्यसलाई फिर्ता लिने प्रयास गरिँदैछ।”

उनले अझ भने, दुर्गांगन बनिरहेको छ, जगन्नाथ मन्दिर पनि बनिसकेको छ। तर कुनै पनि हिन्दू दाज्यु-भाइले ममता ब्यानर्जीसित मन्दिर बनाउने माग गरेका थिएनन्। अर्कोतिर हामी अल्पसंख्यक समुदायको लागि मस्जिद बनाउने माग गरिरहेको थियो, तर त्यो किन बनाइरहेको छैन? ममता ब्यानर्जीले यो सोचिरहेकी छन् कि मन्दिर बनाएर हिन्दू मतदाताहरूको मन जित्नेछु र जुन भोट उनीदेखि टाँड़िएको छ, त्यसलाई फिर्ता पाउनेछु। मलाई लाग्छ, यो उनको गलत सोच हो। अर्कोतिर अल्पसंख्यक समुदाय पनि यसै मुद्दालाई लिएर असन्तुष्ट छ।

तोहा सिद्दीकीले यो पनि भने, उनीहरूले हिडको क्षेत्रमा एउटा मस्जिद बनाउने माग गरेका थिए। उनको दाबी छ, त्यहाँ ठूलो संख्यामा उच्चशिक्षित युवक-युवतीहरू बसोबास गर्दछन्, तर नमाज अदा गर्नको लागि कुनै मस्जिद छैन। उनले प्रश्न उठाए, वक्फको पैसाबाट मस्जिद किन बनाउन सकिँदैन? तोहाको आरोप छ, अहिलेसम्ममा 13 वटा मन्दिरहरू निर्माण भइसकेका छन्, तर बारम्बार भन्दा पनि मस्जिद निर्मण गरिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande