मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट
मन्त्री एनबी दाहाल मातृ शोकमा


गान्तोक, 30 दिसम्बर (हि.स.)। सिक्किम सरकारको सड़क एवं पुल विभाग मन्त्री एनबी दाहाल मातृ शोकमा परेका छन्। मन्त्री दाहालकी माता विष्णुमाया दाहालको आज निधन भएको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङले मन्त्री दाहालकी माता विष्णुमाया दाहालको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुक पोस्टमा मुख्यमन्त्रीले यस दु:खको समयमा मन्त्री दाहाल र उनका सम्पूर्ण शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले आमाको माया, मूल्य र आशीर्वाद सधैं एक मार्गदर्शक ज्योति बनिरहन्छन् भन्दै उहाँको महान आत्मालाई सधैं श्रद्धा र कृतज्ञताका साथ स्मरण गरिने छ भनेका छन्।

मुख्यमन्त्रीले शोक सन्तप्त परिवारलाई ईश्वरले यो अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरुन् र दिवंगत आत्माले आनन्त शान्ति प्राप्त गरुन् भनी प्रार्थना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande