
मुम्बई, 30 दिसम्बर (हि.स.)। मुम्बई नगरनिगमका २२७ सीटमध्ये भारतीय जनता पार्टी (भाजपा )-ले 137 सीटमा औ शिवसेना शिन्दे गुटले 90 सीटमा चुनाउ लड़्नेछ। यसमा भाजपाले आफ्ना सहयोगी दलहरूलाई आफ्नो भागको सीटबाट अनि शिवसेना शिन्दे गुटले पनि आफ्ना सहयोगीहरूलाई आफ्नै भागको सीट दिनेछ।
यो निर्णय गए सोमवार अबेर राती उपमुख्यमन्त्री एकनाथ शिन्देको शासकीय आवास नन्दनवन बंगलोमा दुई पार्टीको बैठकमा लिइएको हो। भाजपा, मुम्बईका अध्यक्ष अमित साटम र शिवसेना शिन्दे समूहका नेता र पूर्व सांसद राहुल शेवाले मंगलवार संयुक्त पत्रकार वार्ता गरी उक्त आशयको जानकारी दिएका छन्। अमित साटमले भने, मुम्बई नगरनिगम चुनाउको लागि भाजपाले 137 सीटमा र शिवशेना शिन्दे गुटले 90 सीटमा चुनाउ लड़्ने अन्तिम निर्णय लिएको छ। मुम्बई नगरनिगममा हिन्दुत्वको महागठबन्धनको भगवा झण्डा फहराउनको लागि व्यापक रूपमा चुनाउको प्रचार गरिनेछ।
अमित साटमले भने, मुम्बई शहरको विकास गर्दा मुम्बईको सुरक्षालाई यथावत राख्नुपर्छ। मुम्बईको रंग बदल्ने चेष्टा गर्ने सबै शक्तिहरूलाई परास्त गर्नुपर्छ। शिन्दे समूहका नेता राहुल शेवाले भने, सीटहरूको सम्झौता अत्यन्त सम्मानजनक परिवेशमा भएको छ। दुवै पार्टी कुनै पनि स्थितिमा मुम्बई नगरनिगममा हिन्दुत्वको भगवा फहराउने प्रयास गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा