
गान्तोक, 30 दिसम्बर (हि.स.)। सिक्किमका छजना बक्सरले आगामी 9औं एलिट मेन्स एण्ड वुमन्स बक्सिङ च्याम्पियनशिप भाग लिने भएका छन्। प्रतिभागी खेलाड़ीहरूमा दुई जना पुरुष र चार जना महिला सामेल छन्। सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनले उक्त जानकारी आज एक प्रेस विज्ञप्तिमा दिएको छ।
उत्तर प्रदेशको ग्रेटर नोएडामा आगामी 4 देखि 10 जनवरी, 2026 सम्म 9औं एलिट मेन्स एण्ड वुमन्स बक्सिङ च्याम्पियनशिप आयोजना भइरहेको छ। यस प्रतियोगितामा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै कुल छ जना खेलाड़ी सहभागी बन्नेछन्। महिला बक्सरहरूमा याशिका राई, प्रभा गजमेर, रितिका गुप्ता र पेमा वाङ्गमु भोटिया सामेल छन् भने पुरुष खेलाड़ीहरूमा प्रवीण छेत्री र जयन्त डागर सामेल छन्।
राज्य टोलीलाई द्रोणाचार्य पुरस्कार विजेता सन्ध्या गुरुङले प्रतिनिधित्व गर्नेछन्। यसैगरी, प्रीतम शिलाल अधिकारी र करण छेत्री टिम प्रबन्धकको रूपमा सहभागी बन्नेछन्। भारतीय बक्सिङ महासंघको तत्वावधानमा आयोजना हुने यो प्रतिष्ठित राष्ट्रिय स्तरको च्याम्पियनशिपमा राज्यभरका उत्कृष्ट बक्सरहरूको सहभागिता रहनेछ। यी खेलाडीहरूको छनोटले उनीहरूको कडा परिश्रम, अनुशासन र प्रतिस्पर्धाका विभिन्न स्तरहरूमा निरन्तर प्रदर्शनलाई प्रतिबिम्बित गर्दछ।
सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनले सबै प्रतिभागी खेलाड़ीहरू र अधिकारीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल