
राजगढ़, 30 दिसम्बर (हि.स.)। मध्य प्रदेशको राजगढ़ जिल्ला अन्तर्गत नरसिंहगढ़ पदस्थ द्वितीय अप्पर सत्र न्यायाधीश अशोक भारद्वाजको अदालतले मंगलवार फसेला सुनाउँदै नाबालिक बालिकासित दुष्कर्म गर्ने अपराधीलाई 20 वर्षको सश्रम कारावास अनि एक हजार रुपियाँको अर्थदण्डको सजाय सुनाएको छ। यस प्रकरणमा शासनको पक्षबाट वकालत एडीपीओ मनोज मिञ्जले गरे।
जानकारी अनुसार 2021 सालमा पीड़ितले थानामा सिकायत दर्ता गराएकी थिइन्- एक वर्ष अगाड़ि स्कूल आउने-जाने क्रममा उसको परिचय दीपक, पुत्र मेहताब साहु, निवासी उदपुरिया थाना नरसिंहगढ़सित भयो। यसै अवधि उसले मोबाइल नम्बर लियो अनि बातचित गर्न थाल्यो। त्यसपछि आरोपीले फकाई-फुस्लाई उसलाई घरमा बोलाउँथ्यो अनि बलजफ्ती उसित गलत काम गर्थ्यो।
पुलिसले पीड़ितको रिपोर्टमा आरोपीविरूद्ध धारा 376, 376(2)(एन), 506, 5/6 पाोक्सो एक्ट अनन्तर्गत प्रकरण दर्ता गऱ्यो। विचरण अवधि न्यायालले साक्षी र प्रमाणहरूको आधारमा आरोपी दीपकलाई 20 वर्षको सश्रम कारावास एवं एक हजार रुपियाँको अर्थदण्डको सजाय सुनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा