
नाम्ची, 30 दिसम्बर (हि.स.)। भारत सरकारको अल्पसंख्यक मामिला तथा मत्स्य, पशुपालन एवं पशुचिकित्सा तथा दुग्ध राज्यमन्त्री जर्ज कुरियन आधिकारिक भ्रमणमा मंगलवार सॉंझ सिक्किम आइपुगेका छन्। यस क्रममा मल्ली चेकपोस्टमा केन्द्रिय राज्यमन्त्रीलाई जोरथाङका एसडीएम योगेन स्याङ्गदेन, एसडीपीओ केसाङ डी. भोटिया र मत्स्यपालन विभागका अधिकारीहरूले स्वागत जनाए।
आफ्नो भ्रमण अवधि केन्द्रिय राज्यमन्त्री कुरियनले सोरेङ जिल्लाको जिल्ला प्रशासनसॅंग मत्स्यपालन, पशुपालन र अल्पसंख्यक कल्याण सम्बन्धित योजनाहरूलाई लिएर समीक्षा बैठक गर्नेछन्। यसैगरी, उनले जिल्लाका विभिन्न क्षेत्रहरूको भ्रमण गर्ने कार्यक्रम पनि प्रस्तावित रहेको एक सरकारी विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल