
गान्तोक, 30 दिसम्बर (हि.स.)। सीबीसी र पीआईबी, गान्तोकद्वारा आईटीबीपी, एसएचक्यू, गान्तोकको समन्वयमा आयोजित दुई दिवसीय एकीकृत सञ्चार तथा आउटरिच कार्यक्रम (आईसीओपी) आज गान्तोकमा सफलतापूर्वक सम्पन्न भयो। आईसीओपीको शुरुआत पीआईबीका कर्मचारीहरू र आईटीबीपीका अधिकारी र कर्मचारीहरूद्वारा गान्तोकको आईटीबीपी क्याम्प नजिकैको एक मैदान र यसको वरपर आयोजित स्वच्छता अभियानबाट भयो, जसले विकसित भारतको दृष्टिकोणप्रति आफ्नो प्रतिबद्धता र ध्यान केन्द्रित गर्ने कुरालाई पुष्टि गर्यो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
अभियानको एक हिस्साको रूपमा, पीआईबी गान्तोकले ‘एक पेड माँ के नाम’ अन्तर्गत आमाहरूलाई श्रद्धाञ्जलीस्वरूप पर्यावरणीय चेतना प्रवर्द्धन गर्ने आईटीबीपीलाई रूखको बिरुवा उपहार दियो।
पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय अन्तर्गत सिक्किम हिमालयन क्षेत्रीय केन्द्र, बोटानिकल सर्वे अफ् इण्डियाका वरिष्ठ वैज्ञानिक तथा कार्यालय प्रमुख डा. राजीव गोगोईले मिशन लाइफ (पर्यावरणको लागि जीवन शैली) माथि एक सत्र सञ्चालन गरे। डा. गोगोईले मिशन लाइफ प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको एक दृष्टिकोण र पहल रहेको उल्लेख गरे। यो भारतको नेतृत्वमा रहेको एक वैश्विक आन्दोलन हो, जसले व्यक्ति र समुदायलाई जलवायु परिवर्तनसँग लड्नका लागि सरल, स्थायी दैनिक कार्यहरू (जस्तै ऊर्जा बचत, पानी बचत, फोहोर कम गर्ने) लाई अपनाउनका लागि प्रोत्साहित गर्दछ, जसको लक्ष्य 2027-2028 सम्ममा तीन आयामी रणनीतिको माध्यमद्वारा एक अरब मानिसहरूलाई जुटाउनु होः व्यक्तिगत मागलाई परिवर्तन गर्ने, बजारको आपूर्तिलाई प्रभावित गर्ने र भारतको परम्परागत ज्ञानमा आधारित हरित भविष्यको लागि नीति परिवर्तन गर्ने रहेका छन्।
उनले भारत र विश्वभरिमा हालैमा भएका विभिन्न जलवायु आपदाहरूको उदाहरण पनि उद्धृत गरे, जसले मिशन लाइफ भिजन र दस्तावेजमा सूचीबद्ध कार्यहरूलाई मिशन मोडमा अपनाउन आवश्यक बनाएको छ।
आज बालकबालिकाका लागि जुनियर र सिनियर वर्गमा एक चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा ठूलो सङ्ख्यामा बालकबालिकाहरूले भाग लिएका थिए। यस अवसरमा महिलाहरूका लागि म्यूजिकल चेयर प्रतियोगिता पनि आयोजना गरिएको थियो।
भारतको समृद्ध विविधतालाई प्रदर्शन गर्दै बालकबालिकाहरूले पश्चिम बङ्गाल, महाराष्ट्र, झारखण्ड र सिक्किम लगायत विभिन्न राज्यहरूबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसले ‘एक भारत श्रेष्ठ भारत’ को वास्तविक भावनालाई समाहित गर्यो।
आजको कार्यक्रममा सिक्किमका अग्रणी अङ्ग्रेजी पत्रिकाहरू मध्ये एक ‘सिक्किम एक्सप्रेस’ का सम्पादक अमित पात्रो र श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत कर्मचारी भविष्य निधि सङ्गठन (ई.पी.एफ.ओ.) गान्तोकका क्षेत्रीय भविष्य निधि आयुक्त केसाङ नाम्थक तेञ्जिङ विशेष अतिथिको रूपमा उपस्थित थिए भने आईटीबीपीका डीआईजी सञ्जीव कुमार सिंह मुख्य अतिथिको रूपमा उपस्थित थिए।
यस अवसरमा आफ्नो सम्बोधनमा पात्रोले सीबीसी र पीआईबी र आईटीबीपीलाई यस आउटरिच कार्यक्रमको हिस्सा बनाएकोमा कृतज्ञता व्यक्त गरे र यति उँचाइमा राष्ट्रको सीमा सुरक्षित गर्नमा मात्र नभई आम जनतामाझ विकसित भारतको दृष्टिकोण फैलाउनमा आईटीबीपीको भूमिकाको प्रशंसा गरे।
क्षेत्रीय पीएफ आयुक्त तेञ्जिङले आईटीबीपी र ईपीएफओको भूमिका बीच समानता बताउँदै भने, आईटीबीपीले राष्ट्रको सीमाको रक्षा र सुरक्षा गर्दछ, त्यस्तै ईपीएफओले सेवानिवृत्तिपछि वा अप्रत्याशित परिस्थितिमा कर्मचारीहरूको सुरक्षा र सुरक्षा गर्दछ। उनले उच्च सिमानामा तैनाथ आईटीबीपी सेनाहरूले गरिरहेको समर्पण र बहादुरीको प्रशंसा पनि गरे। उनले थपे अनुसार यस्तो उचाइमा बाँच्न गाह्रो छ र यी आईटीबीपी सेनाहरूले दिनरात सीमामा गस्ती गरिरहेका छन्।
भारत-तिब्बती सीमा पुलिस (आईटीबीपी), एसएचएचक्यू, गान्तोकका उप महानिरीक्षक (डीआईजी) सिंहले गहिरो चासो लिए र पछिल्ला 11 वर्षमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारका उपलब्धिहरू प्रदर्शन गर्ने प्रदर्शनीको सूक्ष्म विवरणहरूको समीक्षा गरे।
आईसीओपीको समयमा आयोजित चित्रकला, म्यूजिकल चेयर र अन्ताक्षरी जस्ता प्रतियोगिताका विजेताहरूलाई विशेष अतिथिहरूले प्रमाणपत्र र स्मृति चिन्हले सम्मानित गरे। यस अतिरिक्त, 3 सफाइ मित्रलाई पनि विशेष अतिथिहरूद्वारा सम्मान जनाइयो, जसले पर्यावरणलाई स्वच्छ र सफा राख्नमा आफ्नो अथक योगदान र स्वच्छ भारतदेखि विकसित भारत ऽ 2047 को सामूहित यात्रामा सबैभन्दा ठूलो शक्ति हुनका लागि उनीहरूलाई सम्मानित गरियो।
आईटीबीपीका डीआईजीले आफ्नो समापन टिप्पणीमा सीबीसी र पीआईबी, गान्तोकलाई आईटीबीपीमा यस आईसीओपीको आयोजन गरेकोमा सराहना गरे तथा भने, यस्ता कार्यक्रमहरू विकसित भारतको दृष्टिकोणलाई फैलाउनका लागि महत्त्वपूर्ण छन् अनि आईटीबीपीका ती जवानहरूको पनि मद्दत गर्दछन्, जो अलग-अलग र उच्च उँचाइका सीमाहरूमा तैनाथ भएको कारण सरकारका यस्ता पहलहरूबारे अनभिज्ञ छन्।
हिन्दुस्थान समाचार / बिशाल