एसडीएफ अध्यक्ष चामलिङले तमु लोछारको शुभकामना दिए
पवन चामलिङ


गान्तोक, 30 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किम र विश्वभरका गुरुङ समुदायलाई तमु लोछारको हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

एसडीएफ अध्यक्षले आफ्नो शुभकामना सन्देशमा भने, पौषको १५औं दिनमा मनाइने तमु लोछारले नयाँ वर्षको शुभारम्भलाई जनाउँछ र गुरुङ समुदायको प्राचीन परम्परा, ज्ञान र जीवन्त इतिहासमा गहिराईसॅंग जोडिएको छ। शताब्दीयौंदेखि गुरुङ समुदायले आफ्नो भाषा, मौखिक परम्परा, परम्परागत कानून र आध्यात्मिक अभ्यासहरू मार्फत आफ्नो विशिष्ट पहिचानलाई संरक्षित गर्दै आएको छ।

उनले गुरुङ समुदायलाई सुदृढ़ र सशक्त बनाउने इमान्दार प्रयास अन्तर्गत एसडीएफ सरकारले १९९७ मा गुरुङ भाषालाई आधिकारिक रूपमा सिक्किमको राज्य भाषाको रूपमा मान्यता दिएको उल्लेख गरेका छन्। यसैगरी, गुरुङ सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न तमु लोछारलाई राज्य बिदा घोषणा गरिएको पनि उनले बताएका छन्। उनले यो पवित्र अवसरले विशेष गरी युवा पुस्तामाझ सांस्कृतिक संरक्षण, एकता र समावेशी प्रगतिको लागि नयाँ प्रतिबद्धतालाई प्रेरित गरोस् ताकि गुरुङ समुदायको समृद्ध विरासत निरन्तर फस्टाउँदै जाओस् भनी विचार व्यक्त गरेका छन्।

एसडीएफ अध्यक्षले यो तमु लोछारले सिक्किम र सिक्किमेली जनतामा एकता, शान्ति र समृद्धि लिएर आओस् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande