
-100 भन्दा अधिक पदाधिकारीहरूको नाम जारी
हुगली, 30 दिसम्बर (हि. स.)। तृणमूल कंग्रेसले हुगली-श्रीरामपुर सांगठनको लागि नयाँ जिल्ला कमिटीको घोषणा गए सोमवार अपरान्ह गऱ्यो। मंगलवार मीडियालाई प्राप्त विज्ञप्तिमा पार्टीको हुगली-श्रीरामपुर सांगठनिक जिल्ला अध्यक्ष अरिन्दम गुइनद्वारा हस्ताक्षरित आधिकारिक सूचीमा जिल्ला स्तरदेखि ब्लक, नगर औ वार्ड स्तरसम्मका पदाधिकारीहरू अनि सदस्यहरूको नाम सामेल छ।
घोषित कमेिटीमा चेयरम्यान, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सदस्य औ विशेष आमन्त्रित (स्पेशल इनभाइटी) जस्ता पदहरूमा मोठ सयजनाभन्दा अधिक नेताहरूलाई सामेल गरिएको छ। यस नयाँ सांगठनिक संरचनालाई आगामी चुवाई तयारी तथा धरातलीय स्तरमा पार्टीलाई सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम मानिँदैछ।
सूचीमा स्पष्ट रूपमा ब्लक, टाउन र वार्ड स्तरको उल्लेख गरिएको छ।डानकुनी, श्रीरामपुर, उत्तरपाड़ा, रिषड़ा, चन्दननगर, पाण्डुआ, मोगरा, धानियाखाली, सिंगूर जस्ता क्षेत्रहरूबाट ठूलो संख्यामा नेताहरूलाई कमिटीमा स्थान दिइएको छ।
राजनीतिक विश्लेषकहरूको मान्यतामा एसआईआर र आगामी विधानसभा चुनाउलाई मध्यनजर गर्दै तृणमूल कंग्रेसले संगठनमा यो ठूलो फेरबदल गरेको हो। नयाँ जिल्ला कमिटीहरूको माध्यमबाट पार्टी नेतृत्वले स्पष्ट संकेत दिएका छन्, धरातलीय स्तरमा निगरानी, समन्वय तथा संगठनात्मक मजबुतीमाथि विशेष ध्यान दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा