10 करोड़को हेरोइनको साथ दुई आरोपी पक्राउ
दिल्ली़


नयाँ दिल्ली, 31 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले नशाको कारोबार विरूद्ध ठूलो कारबाही गर्दै अन्तरराज्यिय ड्रग सिन्डिकेटको पर्दाफास गरेको छ। दुई छुट्टाछुट्टै कारबाहीमा पुलिसले दुई संदिग्धलाई पक्राउ गरेको छ र 2.034 किलो हेरोइन जफत गरेको छ, जसको मूल्य अन्तरराष्ट्रिय बजारमा 10 करोड़ रुपियाँभन्दा बढ़ी हुने अनुमान गरिएको छ। पुलिसले हेरोइन आपूर्तिमा प्रयोग गरिएको एउटा स्कुटी र छह वटा मोबाइल फोन पनि जफत गरेको छ।

अपराध शाखाका पुलिस उपायुक्त हर्ष इन्दोराले भने, इन्द्रपुरी निवासी अंशुल राणाले दिल्ली-एनसीआरमा प्रचुर मात्रामा हेरोइन आपूर्ति गरिरहेको थियो। गुप्त सूचनाको आधारमा अपराध शाखाको टोलीले द्वारका सेक्टर 8 मा रहेको क्वीन्स भ्याली स्कूल नजिकै छापा मारेर उलाई पक्राउ गऱ्यो। खोजीको क्रममा उसको झोलाबाट 2.034 किलोग्राम हेरोइन जफत भयो।

यस मामिलामा एनडीपीएस एक्त अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरियो। अनुसन्धानको क्रममा मादीपुर निवासी गंगा प्रसाद उर्फ विक्कीले हेरोइन बरेलीबाट किनेर अंशुल राणालाई आपूर्ति गर्नेगरेको खुलासा भएको छ। तकनीकी निगरानीको माध्यमले पुलिसले लक्ष्मी नगरमा गंगा प्रसादको लोकेशनको पत्तो लगाएर छापा मारेर उलाई पक्राउ गऱ्यो।

सोधपुछको क्रममा अभियुक्तले संगठित गिरोहको रूपमा सञ्चालन गरिरहेको स्वीकार गऱ्यो। गंगा प्रसादले बरेलीबाट प्रचुर मात्रामा हेरोइन ल्याएर अंशुल राणालाई आपूर्ति गर्थ्यो, जसले त्यसपछि दिल्ली-एनसीआरका विभिन्न क्षेत्रहरूमा खुद्रा नेटवर्क मार्फत आपूर्ति गर्थ्यो।

पुलिस रेकर्ड अनुसार, गंगा प्रसाद उर्फ विक्की पहिलेपनि एनडीपीएस एक्ट, आईपीसी र आबकारी अधिनियमका मामिलाहरूमा संलिप्त रहिसकेको छ। पुलिस अधिकारीको भनाई छ, मामिलाको गहन जाँच जारी छ र यस नेटवर्कसित जोड़िएका अन्य अभियुक्तहरूको खोज जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande